काठमाडौं । अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोका चढेको गाडी त्रिशुली नदीमा खसेको छ । गाडीमा सवार रोकाकी श्रीमती, छोरी र ड्राइभर बेपत्ता भएका छन् ।
प्युठानबाट काठमाडौं जादै गरेको लु१च ९७३१ नम्बरको जीप बिहीबार बिहान मुग्लिनभन्दा करिब दुई किलोमिटर वर त्रिशुलीमा खसेको हो । उपाध्यक्ष रोका भने त्रिशुलीमा पौडेर बाँच्न सफल भएको रोकाका आफन्त एवं झिम्रुक गाउँपालिकाका चालक शरद रोकाले जानकारी दिए । उनका अनुसार गाडी चालक सूर्य केसी, रोकाकी श्रीमती जमुना र छोरी बेपत्ता छन् । छोरीको उपचारका लागि रोका दम्पत्ती बुधबार राति काठमाडौं आउँदै थिए
पत्थरीको अप्रेसन गरेकी ११ बर्षीया बालिकामा इन्फेक्सन भएपछि थप उपचारका लागि रोका दम्पती काठमाडौं आउन लागेको थियो । उपाध्यक्ष रोकालाई प्रहरीले उद्धार गरी उपचारका लागि पठाएको छ भने बेपत्ताको खोजी गरिरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।






