विद्युत् चोर्नेलाई बीस लाख जरिवाना

 money-300x271

झापा, ३१ साउन । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले आर्थिक वर्ष २०७१÷७२ मा विद्युत् चोरीमा संलग्न १०१ जनालाई कारबाही गरेको छ ।

विद्युत् लाइनमा अङ्कुश हाल्ने र जडान गरिएको मिटरको लाइन काटेर विद्युत् चोरी गर्नेलाई कारवाही गरिएको हो । कारबाहीबाट रु २० लाख एक हजार १२९ राजस्व सङ्कलन भएको प्राधिकरणका सूचना अधिकारी अधिकारीले प्राधिकरणका सूचना अधिकारी अनिल अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, विद्युत् लाइन जडान गरेका तर नियमित महसुल नबुझाउने ४८५ जना ग्राहकबाट रु ४० लाख १७ हजार ३०७ असुल गरिएको कार्यालयले जनाएको छ ।