आत्मघाती आक्रमणमा गृहमन्त्रीको मृत्यु

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा पञ्जाबका गृहमन्त्री शुजा खानजादाको मृत्यु भएको छ । गृहमन्त्री खानजादाको राजनीतिक यात्राका क्रममा आक्रमण भएको अधिकारीहरुले बताएका छन् । punjab-home-minister[1]

 

आक्रमणमा ६ जनाको मृत्यु भएको छ । खानजादा चरमपन्थी गुटविरुद्धको अभियानमा सक्रिय छन् र गत पहिनामा मात्र पञ्जाब पुलिसले प्रतिवन्धित संगठन एश्कर ए झांगवीका नेता मारेको घोषणा गरेका थिए । रावलपिण्डीका पुलिस अधिकारी फख्र सुल्तान राजाका अनुसार गृहमन्त्री खानजादा बैठक बसिरहेको बेला भएको विस्फोटका कारण घरको छत नै खसेको थियो । अनलाइन खबर बाट,