क्यान्सरपीडित पाण्डेलाई नेदरल्यान्ड्सबाट १ लाख ३ हजार

काठमाडौं– क्यान्सरपीडित बालक रोयल पाण्डेलाई सहयोग जुट्नेक्रम जारी छ ।

विगत तीन महिनादेखि कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका गुल्मी धुर्कोट बस्तुका ५ बर्षीय बालक पाण्डेलाई नेपाली समूदाय नेदरल्यान्डसबाट ८ सय ९५ यूरो (१ लाख ३ हजार २ सय अन्ठाउन्न) सहयोग गरिएको छ ।

धुर्कोट घर भई १२ वर्षदेखि नेदरल्यान्डस बस्दै आएका जितेन्द्रकुमार श्रेष्ठको पहलमा सहयोग संकलन भएको हो । श्रेष्ठले सहयोग गर्ने सबै नेपालीलाई धन्यवाद दिएका छन् ।

बालकका बुबा लक्ष्मण पाण्डेले सबै सहयोगदाताहरूलाई धन्यवाद दिदै सहयोगदाता एवं शुभेच्छुकहरूको प्रार्थनाले छोराको स्वास्थ्यमा सुधार भइरहेको बताए ।