लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले गत १ बर्ष देखि बीसीसी गुम्बाको प्रमुख लामाको भूमिकामा रही सेवा गर्दै आएका काठमाण्डौंस्थित सेचेन गुम्बासंंग आवद्ध खेन्पो कर्म छुल्त्रिमलाई बिदाई गरेको छ । गत शुक्रबार १९ जुलाईका दिन बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङ, लोपेन नोर्बु, लोपेन दावालगायतले खादा लगाई उनलाई बिदाई गरिएको हो । 



गत अगष्ट २०२३ देखि बीसीसी यूकेको प्रमुख लामाको रुपमा रहँदै आएका खेन्पो कर्मले गुम्बामा रहेर बौद्ध परम्परानुसार विभिन्न कर्मकाण्डहरु गर्ने, धार्मिक प्रवचन दिने, साम्बोटा लिपी पढाउने, शील दिने, विभिन्न पूजापाठहरु गर्ने साथसाथै बुद्धका विभिन्न ग्रन्थ तथा सुत्रहरु पढाउदै आएका थिए । भुटान घर भएका खेन्पो कर्म जर्मन, दिल्ली हुदै भुटान फर्किन लागेका हुन् । 

बीसीसी यूकेले गत ६ जुलाईका दिन औपचारिक रुपमा बिदाई गरिसकिएका खेन्पोलाई बिदाई गर्न बीसीसी यूकेका पूर्व अध्यक्ष नरेश गुरुङ, उपाध्यक्ष क्याप्टेन देब घले, आमा उपप्रमुख शारदा गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङलगायत आमाहरु, भक्तजन एवं शुभचिन्तकहरु शुक्रबार बिहान गुम्बामा सहभागी भएका थिए ।
त्यस्तै, खेन्पो कर्मलाई बीसीसी यूकेका लोपेन दावा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ र सदस्य मिना गुरुङले हिथ्रो एयरपोर्टमा पुगी बिदाई गरेका थिए ।






