बाजुराको बडीमालिका नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी

बाजुरा – सुदुरपश्चिमबाट नेपाली कांग्रेसले नगरपालिकामा जितको खाता खोलेको छ ।
बाजुराको बडिमालिका नगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार पदम बडुवाल २९४० मत ल्याएर विजयी बनेका छन् ।
त्यस्तै उपप्रमुखमा कांग्रेसकै कविताकुमारी बुढा विष्ट ३९४५ मत ल्याएर विजयी भएका छन् ।
बाजुरामा अहिलेसम्म कांग्रेसले दुई र एमालेले २ स्थानीय तहमा जित हािसल गरेका छन् । कांग्रेसले बडिमालिका नगरपालिका र छेडदह गाउपालिकामा जितेको हो भने एमालेले गौमुल र पाण्डवगुफा गाउपालिका जितेको छ ।

यो सँगै शुक्रबार पौने १ बजेसम्मको मतपरिणाम अनुसार एमालेले ६ र कांग्रेसले ५ स्थानीय तह जितेका छन् । यस्तै माओवादीले २ तह जितेको छ ।