सिड्नी । दश महाविद्या सिद्ध साधक एवं भविष्यवक्ता बिहंगमराज तिमल्सेना अस्ट्रेलिया आईपुगेका छन् । महाविद्या पद्धतीबाट उपचार तथा भविष्यवाणी गर्ने उनी एक हप्ता अगाडी अस्ट्रेलिया आएका हुन् । उनले अस्ट्रेलियामा रहँदा विभिन्न नेपाली समुदायहरुसंग अनौपचारिक कार्यक्रम भएको बताईएको छ ।
उनी ३ महिनासम्म अस्ट्रेलिया बसाई गर्नेछन् । उनले विश्वका विभिन्न देशमा पुगेर विभिन्न सेवा दिँदै आएका छन् । मेडिकल पद्दतिबाट ठीक हुन नसकेका बिरामीलाई महाविद्या र वैदिक सनातनको विशेष पद्दति प्रयोग गरेरै निको बनाउने दाबी गर्ने उनी नेपाल आध्यात्मिक केन्द्रका केन्द्रीय अध्यक्ष समेत हुन् । उनले वास्तुशास्त्र तथा दोषनिवारणका क्षेत्रमा पनि सक्रिय छन् । उनले मानसिक पीडा, डिप्रेसन, मुटुरोग आदिका रोगीदेखि बोलीमा समस्या रहेका बालबच्चा, पारिवारिक अशान्ति, पतिपत्नीको बेमेल, व्यवसायिक असफलता पाएकासम्मलाई सल्लाह र परामर्श दिने बताए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न पक्षका बारेमा भविष्यवाणी गर्दै आएका छन् । विगतमा नेपाली सेनाको मूल पण्डित रहेका बिहंगमराजले १७ वर्षको सेवापछि सेनाबाट अवकाश लिएका थिए । आफ्नो सेवाको क्रममा राजपरिवारसँग समेत निकट रहेर काम गरेको उनको अनुभव छ । उनी बिभिन्न २२ देशहरू भ्रमण गरी सकेका छन भने केही समय पहिले दश महाविद्या सिद्ध साधक भविष्यवक्ता बिहंगमराज तिमल्सेना बेलायत भ्रमणमा भब्य कार्यक्रम गरेर नेपाल फर्किएका थिए।
https://www.nepalilink.com/2022/08/16/58363.html






