तक्दीर अधिकारी
सिड्नी । साउथवेस्ट नेप्लीज कम्युनिटी सिड्नीले बडादशैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विगतका बर्षहरुमा प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदानका कार्यक्रम राख्ने गरिएको भएपनि यस बर्ष कोेरोनाभाइरस महामारीको कारण अनलाइन जुम मार्फत शुभकामना साटासाट गरिएको हो ।
समाजका अध्यक्ष देवेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी महाबाणिज्य अवैतनिक दूत दिपक खड्का, एनआरएनए आइसीसी उपाध्यक्ष मना केसी, ओसनिया क्षेत्रीय संयोजक होम पाण्डे, एनआरएनए अष्ट्रेलिया अध्यक्ष केशव कंडेल, उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद संयोजक देव गुरुङ, नारी निकुञ्जकी संयोजक सन्ध्या शाह, ओरनपार्क नेप्लीज कम्युनिटीकी अध्यक्ष डिना कोइराला, लुमिया नेप्लीज कम्युनिटिका अध्यक्ष प्रकाश हुमागाई, साउथवेस्ट नेपाली समाजका प्रवक्ता नारायण खनाल, साउथस्ट सिड्नी समाजका प्रवद्र्धक मिन भुषाल, संस्थाका उपाध्यक्ष सुदिप ढकाल, महासचिब प्रेम शाह, सचिव प्रज्वल भट्टराई, कोषाध्यक्ष मिनराज भुषाल, एनसीसी अध्यक्ष केशव कंडेल, सल्लाहकार कञ्चन पोखरेल, प्रवक्त सूर्य खनाल, सदस्यहरु भुपाल सिटौला, बाबु गौतम, चुना क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै राजदूत दाहालले नेपालीहरुको सौहार्दपुर्ण पर्व दशैँको अवसरमा शुभकामना ब्यक्त गर्दै नेपालीहरुको आपसी सद्भाव, सामाजिक भावना र मर्यादा अझै उचो होस भन्ने कामना गरे । परम्पराको सम्मान र मर्यादा राख्दै अनलाइन बाटै भएपनि शुभकामना कार्यक्रम राखेकोमा संस्था प्रति आभारका शब्द ब्यक्त गरे । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले दशैँको शुभकामना ब्यक्त गर्दै साउथवेस्ट नेप्लीज कम्युनिटीले अष्ट्रेलियामा रहेका नेपालीहरुको निम्ती गरेको कामको मुक्तकण्ठले प्रशंसा गरेको समाजका प्रवक्त सूर्य खनालले बताए ।






