लन्डन । बेलायतको मिडल्यान्ड क्षेत्रमा बस्ने प्रजातन्त्रमा आस्थावान साथीहरूले नेपालीहरुको महान चाडहरु दशैं, तिहार, छठ, लोसार, इद लगायतका पर्वहरूको पावन अवसरमा शुभकामना आदान कार्यक्रम सम्पन्न गरेका छन् । यही आईतवार अक्टुवर २५ , २०२० मा भर्जुयल जुमबाट बिहान ११ बजेदेखि करिव दुई घण्टा ३० मिनेटसम्म कार्यक्रम संचालन भएको थियो ।
नेपाली जनसम्पर्क समिति, युकेका सह महामंत्री उपेन्द्र पौडेलले संचालित गरेको उक्त कार्यक्रममा मिडल्यान्ड लगायत बेलायतका अन्य भेगका जनसम्पर्क समितिका वर्तमान र पूर्व पदाधिकारीहरू लगायत नेपाल कांग्रेससँग आस्थावान उल्लेख्य महानुभावहरूको सहभागिता रहेको थियो मिडल्याण्डमा बस्ने नेपाली कांग्रेसमा आस्थावान साथीहरू बीच शुभकामना आदान-प्रदान गर्ने र अहिलेको संक्रमणको अवस्था एकआपसमा कसरी सहयोगत्मक गरी समाज हितमा जान सकिन्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम सकारात्मक भएको सबैले सहभागी महसूस गरेका थिए ।
भर्जुयल कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व अध्यक्ष लोक गुरुङ उपाध्यक्षहरु कोपिला सुब्बा ,सुर्य नेव्बंग, महामन्त्रीहरु केशव भण्डारी , सुर्य तामांग , सह-महामन्त्री रितेस पाण्डे सल्लाहकार शिवजी श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका निबर्तमान महामन्त्री शिब तिमल्सिना, पूर्व सह – महामंत्री शेखर कंडेल कार्यसमितिका पूर्व सदस्य किशोर लामिछाने , विश्व युवा हिन्दु संघ यूरोपका संयोजक शशांक शर्मा पौडलको समेतको उपस्थिति रहेको थियो ।त्यसैगरी गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष योगेन छेत्री, गैरआवासीय नेपाली संघ आइसीसी सदस्य दयानिधि सापकोटा ,गैरआवासीय नेपाली संघ बेलायतका सचिब कोलेश्वोर ढकाल , गैरआवासीय नेपाली संघ बेलायतका सल्लाहाकार कमल भण्डारी , गुल्मी जिल्ला समाजका कोषाध्यक्ष बरुण भण्डारी लगायत तमु धी यूकेका निबर्तमान महासचिब कृष्ण गुरुङको उपस्थिति रहेको थियो ।
कार्यक्रम सम्पूर्ण प्रजातन्त्रमा विश्वास राख्ने मिडल्याण्डवासी नेपालीहरु बीच चिनजान गरी समाजिक कार्यमा एक भई बड्न सकारात्मक रहेको भन्दै आगामी दिनमा पनि यस्तै अझ धेरै साथीहरूलाइ सहभागी गर्दै संगठनात्मक रूपले आगाडि जानुपर्ने सबैको सहमति रहेको थियो ।






