काठमाडौँ, फागुन २६ –नेकपा (एमाले) को आज बस्ने भनिएको स्थायी कमिटीको बैठक अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थ्यताका कारण स्थगित भएको छ ।
बाग्लुङ क्षेत्र नं। १ को उपनिर्वाचनका लागि उम्मेदवार तय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक अध्यक्ष ओलीको निवास बालकोटमा दिउँसो १ बजे राखिएको थियो ।
अध्यक्ष ओली रुघा, खोकी र छातिमा इन्फेक्सनका कारण केही दिनयता चिकित्सकको सल्लाहमा निवासमै आराम गरिरहेका छन् । उनको स्वकीय सचिव रमेश आचार्यका अनुसार अध्यक्ष ओली अस्वस्थ भएका कारण बैठक स्थगित भएको र अन्य भेटघाटको कार्यक्रम पनि तय गरिएका छैनन् । रासस






