भरत पाण्डेय काठमाण्डौ ५ साउन । गएको बैशाखमा गएको महाभुकम्पमा परी मृत्यू भएका निजामति कर्मचारीका सन्तानलाई रोजगारी दिने सरकारले तैयारी गरेको छ । मृतक निजामति कर्मचारीका छोराछोरीलाई अस्थाई वा करारमा रोजगारी दिने तयारी सरकारले गरेको हो । ‘मृतकका सन्तानमध्ये एक जनालाई रोजगारी दिने प्रस्ताव अर्थ र सामान्य प्रशासनमा पेश भएको छ’ मूख्य सचिव लिलामणी पौडेलले भने – ‘सबै मन्त्रालयका सचिवहरुलाई आफ्नो मन्त्रालय अन्तर्गतका निकायमा भूकम्पमा परी मृत्यू भएका परीवारका सन्तालाई रोजगारीका लागि प्राथमिकतामा दिन निर्देशन भईसकेको छ ।’ सकेसम्म मृतक, घाईते र अपाङ्ग तथा विस्थापित भएकाका सन्तानलाई पनि रोजगारी दिने गरी तैयारी भैरहेको भएपनि सबैको तथ्यांक नहुँदा समस्या भएको उनले बताए । ‘सबै विवरण ल्याएर साउन महिनाभरीमा यसको टुंगो लाग्छ ।’ – उनले भने । यसैगरी भुकम्प पिडीतको लागि काटिएको निजामति कर्मचारीको एक दिन बराबरको तलव निजामति कल्याणकोषमा राखेर भुकम्प प्रभावित निजामति कर्मचारीको कल्याणकारी कार्यको लागि नै खर्च गर्ने तअन्तिम तयारी भएको पनि उनले बताए । सरकारले भूकम्प प्रभावित निजामति कर्मचरीका छोराछोरीलाई निजी तथा आवासिय विद्यालयको् छात्रबृत्तिका लगि पनि कोटा उपलब्ध गराउने गरी तयारी गरेको छ । ‘यसका लागि शिक्षा मत्रालयलाई भनेको छ ।’ पौडेलले भने ‘मन्त्रालयले गृहकार्य शुरु गररीसकेकोले छिट्टै यो कार्यान्वयनमा आउँछ ।’ निजामति सेवामा पेन्सनको अवधि नपुग्दै मृत्यू भएका कर्मचारीलाई पनि प्रकृया पूरा गरी पेन्सन दिने तैयारी भैरहेको छ । निजामतिको विचमै मृत्यू भएमा पाँचवर्ष थप्ने नियम भएको तर यो भुकम्पको सन्दर्भमा त्यसलाई थप गर्ने गरी प्रस्ताव लगिएको छ । उनीहरुका परीवारलाई एकमुष्ठ राहतका लागि पनि तैयारी भएको उनले बताए । ‘अर्घाखाँचीका चित्र प्रसाद वाग्लेको परविालाई १० लाख दिनेगरी हामीले व्यवस्था मिलायौँ, पौडेलले भने – त्यसैलाई मानक मानेर मेरै कार्यकालमा अन्य भूकम्पपिडीतका परीवालाई पनि एकमुष्ठ आर्थिक सहायता दिनेतिर काम भैरहेको छ ।’
भूकम्प प्रभावित निजामतिका छोराछोरीलाई रोजगारी






