सिड्नी । कोरोनाको कहरबिच दिल तामाङको ‘अचार मीठो’ म्युजिक भिडियो सार्बजनिक भएको छ । युवापुस्ताहरुको ढुक्ढुकी बन्न सफल चर्चित समुह भीमफेदी गाइजको उत्कृष्ट प्रस्तुती रहेको यस म्युजिक भिडियो विश्वव्यापी रुपमा फैलिरहेको कोरोना जस्तो माहामारी तथा सरकारले नेपालभरि लागु गरिएको लक डाउनको बाबजुद पनि दर्शक स्रोताहरुलाई मनोरन्जन दिने हेतुले तयार पारिएको दिल तामाङले बताए ।
मीनसागर लामाको रचना, चन्द्रकुमार दोङको संगीत र संयोजन रहेको यस् म्युजिक भिडियोलाई निर्मलकुमार लामाले निर्देशन गरेका हुन । ज्ञानेन्द्र शर्माको छायांकन रहेको र
पवन सुस्लिङले सम्पादन गरेका हुन । मकवानपुरको भीमफेदी वरपर स्थानीय स्रोत साधनको उपयोग गरेर तयार पारिएको उक्त म्युजिक भिडियोमा नेपालबाट परदेशमा श्रम गर्न जाने नेपाली युवाहरुको मनको भाव र छुट्ने बेलामा साथीभाइहरु माझ गरिने रमाइलो र स्मर्णिय क्षणलाई प्रकाश पारिएको हेर्न सकिन्छ ।






