बेलफास्ट । बेलायतको नर्दन आयल्यण्डस्थित बेन्गोरमा करीब दुईसय सिट क्षमतको याक्स नेप्लिज एण्ड इण्डियन रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नेप्लिज कक्युनीटि इन नर्दन आयरल्याण्डका अध्यक्ष समेत रहेका व्यवसायी लिलाराम निउरे लगायतको लगानीमा सो रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।
सो रेष्टुरेण्ट स्थानिय बरो काउन्सीलका मेयर ग्याभीन वाल्करले उद्घाटन गदै विधिगवत रुपमा सञ्चालनमा आएको छ । उद्घाटन समारोहमा काउन्सीलर जोन बेरी, अलिस्टर क्याथकार्ट, सदीप म्याक्नी, लगायत स्थानीय सञ्चार माध्यामका प्रतिनिधहरु समेत सहभागिता रहेको थियो ।
बेलफास्टमा रहेका नेपालीहरुको लगानीमा खुलेको सम्भवत् यो नै धेरै सिट क्षमताको पहिलो रेष्टुरेण्ट भएको बताइएको छ ।






