लन्डन । नेपाल आदिवासी जनजाती पत्रकार महासघ ( फोनिज ) यूकेले आगामी जनवरी २७ तारिखका दिन मिडिया तथा पत्रकारिता सम्बन्धी एक दिने कार्यशाला गोष्ठी आयोजना गर्ने भएको छ ।
अल्डर्सटको भेटभाट रेष्टुरेन्टमा आयोजना गर्न लागिएको सो गोष्ठीमा आदिवासी जनजाती पत्रकारहको क्षमता विकासमा जोड दिइनेछ । फोनिज यूकेका अध्यक्ष प्रर्मिला राईका अनुसार गोष्ठीमा पत्रकारिताका विशेषज्ञहरुले प्रशिक्षण दिने कायक्रम रहेको छ ।






