सिड्नी । जन्मभुमि देखि सात समुन्द्र पारि कर्मभुमिमा रहदा समेत अष्ट्रेलियामा रहेका पोख्रेलीहरूले कोभिड-१९ को बढ्दो महामारीमा स्वदेशकै चिन्ता लिई बिदेशी भुमिबाट आफुले सक्ने सहयोग गरेका छन् ।
प्रवासी नेपाली समुदायको तर्फबाट यस महामारीमा स्वदेशप्रति पहिलो सहयोगको घोषणा गरेको पोखरा समाज अष्ट्रेलियाले पहिलो चरणमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ सामाग्री हस्तान्तरण गरिसकेको छ।
दोश्रो चरण अन्तरगत दैनिकी हजारौं मानिसहरु आवातजावत हुने पोखरा रंगशालामा सार्वजनिक प्रयोजनका लागि आधुनिक फुड अप्रेटिङ हेन्डवासिङ स्टेशन उपलब्ध गराएको थियो ।
प्राप्त सामाग्री कास्की जिल्ला टेनिस संघको संयोजनमा एक कार्यक्रमकाबीच पोखरा रंगशालालाई हस्तान्तरण गरिएको छ । सो अवसरमा कार्यक्रममा उपस्थित पोखरा महानगरपालिका वडा नम्वर-१० का अध्यक्ष राजकुमार गुरूङ, राष्ट्रिय खेलकुद परिसदका सदस्य राजेश गुरूङ,नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा, सचिव नविन चालिसे, टेनिस खेलाडि धरमबहादुर लामिछाने लगायतले पोखरा समाज अष्ट्रेलियालाई सहयोगका निम्ति धन्यवाद ब्यक्त गरेका छन्। ।
यसैगरी पोखरा समाज अष्ट्रेलियाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड-१९ पोजेटिभ देखा परी उपचाररत बिरामीहरूलाई सुरूका दिनदेखि नै नियमित दैनिक ताजा फलफुलको ब्यवस्था गरिरहेको छ। जस्को नियमित स्थानीय ब्यवस्थापन श्री सत्य युवा क्लबले गरिएको छ। नियमित रूपमा हामीले अस्पतालमा ताजा फलफुल पुर्याउदछौ र त्यहाँको ब्यवस्थापन अनुरूप कर्मचारीहरूले बिरामीसम्म पुर्याउनु हुन्छ। क्लबका अध्यक्ष सुरेन गुरूङ बताउँछन्।
आपतको बेला सम्वेदनशील अवस्थामा यो अति नै मानवीय कर्म हो, जुन अष्ट्रेलियामा भएका नेपालीहरूले गरिरहेका छन्। यश पबित्र कार्यको सबैले सम्मान गर्नैपर्छ । रचनात्मक सामाजिक कार्यका सवालमा यतिबेला पोखरा समाज अष्ट्रेलिया स्वदेशप्रति विविध सहयोगका कारण धन्यवादको पात्र बनेको छ।
कोरोना भाईरसबाट प्रभावित भै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरिरहेका बिरामीहरुले यतिबेला हृदयदेखि नै समाजप्रति आभार व्यक्त गरेका छन् । स्वदेशप्रति हरेक बखत सहयोग गर्न समाज तयार रहेको अध्यक्ष राजकुमार अधिकारी बताउँछन्।
प्रवासमा रहे तापनि आपतका बेला स्वदेशप्रतिको जिम्मेवारी र उत्तरदायित्वलाई समाजले सदैब वहन गर्ने बताउदै समाजका महासचिव समित केसीले अभियानमा सहयोगका निम्ति सबैमा धन्यवाद व्यक्त गरेका छन् ।






