लन्डन । बेलायत स्थित एक इन्जिनियर आरके त्रिपाठीले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई खुलापत्र पठाएका छन् ।
नेपालको राजनीतिक परिवेश र त्यसले समाजमा ल्याउने विभिन्न विकृति तथा विसंगतिका बारेमा लेख्दै उनले मुख्यत मुख्यमन्त्री पोखरेलले लेखेको स्टाटसलाई लिएर यस्तो खुलापत्र लेखेका हुन् ।
त्रिपाठीले लेखेको खुलापत्र जस्ताको तस्तै
विशेष सन्दर्भमा एक विगत को हाम्रो सरकार विभाग सम्वन्धित पक्षको कमजोर तयारीको वारेमा मैले विगतमा कान्तिपुर पत्रिका मार्फत केहि कुरा राख्दा मलाई नेपालका कम्युनिष्ट क्रान्तिकारी भन्न मन पराउनेहरुले चार महिना सम्म खेद्न सक्ने गरि खेदे । त्यो क्षण पुन स्मरण गराउन चाहन्छु । विगतका यि दुई घटना हुन यी ।
भारतका प्रधानमत्री नरेन्द्र मोदी नेपाल भ्रमण गर्ने तय करिब भ्रमण गर्नु भन्दा छ महिना अगाडी नै परराष्ट्र मन्त्रालयले कन्फर्म गरेको थियो । तत्कालीन नेकपाका निर्माण मन्त्रीले मोदी नेपाल आउनु २ दिन अगाडी कोटेश्वर बानेश्वरका दुबैतिर कृतिम रुख बिरुवा रोप्न आफ्नो नजिकको ठेकदारलाई ठाडो आदेशमा करिब २ करोड बराबरको रुख रोप्ने काम दिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदि फर्किए । त्यसको चार दिनमा रुख पनि मर्यो । त्यसपछि अर्को एउटा भ्रमण भयो । त्यो थियो चीनका राष्ट्रपति । यो भ्रमण पनि परराष्ट्र मन्त्रालयले करिब ४ महिना अगाडी तय गरेको थियो । त्यसमा पनि त्यसबेलाका सरकारका संवन्धित मन्त्रीले करिब करिब ३ करोड रुपैया बराबरको एयरपोर्टदेखि बानेश्वरको दायाँ बायाँ रुख बिरुवा रोप्ने काम मन्त्रीको ठाडो आदेशमा वहाँको नजिकको ठेकदार लाई दिनु भयो । बिल पनि ठेकदारलाई आदेश दिएको तेश्रो दिनमा भुक्तानी गरियो । त्यसबेला पनि कोटेश्वर तिनकुनादेखि माइतिघर तिनकुने सम्म रातारात रुख रोपिए । चीनका राष्ट्रपति चीन फर्किए । कोटेश्वर तिनकुनेदेखि माइतिघर–तिन कुने सम्मको रुख पनि चार दिनमा मर्यो ।
त्यस्तै अर्को एक घटना स्मरण गराउन चाहन्छु । त्यो थियो साफ गेम उद्घाटनको बेलाको । सवैलाई थाहा छ साफ गेम विश्वकप फुटबल यूरोपीयन कप फुटबल ओलम्पीक एसियाड जस्ता गेमका मिती ४–५ बर्ष अगाडी नै सबैलाई तयारी गर्न सजिलो होस् भनेर अग्रिम जानाकारी गराइन्छ । गएको साफ गेममा पनि साफ गेम समारोह उद्घाटन हुने ३ दिन अगाडी मन्त्रीले ढाडो मौखिक आदेशमा ५ करोडको मूल्य बराबरको बिरुवा लगाउन निर्देशन दिए । ठेकेदारले खास खुस पारी हरियाली देखाए । साफ गेम सकियो । बिरुवा पनि मर्यो । त्यतातिर नेपालमा बस्नेको आखाँ गएन ।
म बेलायतमा दुःख गर्नेको मन भतभती पोल्यो । दिर्घकालीन योजना पनि छैन । त्यसपछि यो अति भयो भनि म नेपाल जाँदा भबन बिभाग शहरी बिकास बिभागका डाइरेक्टरज्यूहरुलाई रिपोर्ट गर्न गएँ । उत्तर थियो यो त इमरजेन्सीमा काम गर्नु पर्ने भएकोले मन्त्रीजीले ठाडो प्रस्ताब मुख्यसचिब मार्फत क्याबिनेटले गरेको आपतकालिन निर्णय भनियो । त्यसपछि अझै मन पोलेर म टंगालस्थित अख्तियार पुगें । लोकमान सिंह कार्की २३ बर्ष अगाडी जलश्रोत सचिब हुँदा म जलश्रोत मन्त्रीको निजी सचिब थिएँ । एकचोटी अख्तियारसँग जानकारी दिन्छु भनेर टंगालस्थित अख्तियारको कार्यलय गएँ । सबै मन नपरेको फेहरिस्त सुनाएँ । त्यहाँ पनि लिखित निवेदन दिनुहोस भनियो । बाल बच्चा परिवार लिएर बेलायतबाट आमा बुबा आफन्तजन भेट्न गएकोमा सातदिन यिनिहरुलाई भेट्दा सकियो । बाँकी सातदिनपछि कान्तिपुरमा यो किन भइरहेछ भनि लेख लेखे । त्यो लेख तत्कालीन बेला बिरुवा रोप्न आदेश दिने मन्त्रीले मलाई चिन्नु हुँदोरहेछ । एक समारोहमा मेरो साथीहरुको अगाडी बेलायतको लण्डनमा इन्जिनियर काम गर्ने आरके त्रिपाठी त पागल भएछ भन्नु भएछ । त्यसपछि कान्तिपूरले छापेको लेख कपि पेष्ट गरि मैले फेसबुकमा केहि बर्ष अगाडी पोष्ट गरें । नेपालका कम्युनिष्ट क्रान्तिकारी भन्नेहरुले यति धेरै मलाई घृणा गरी कमेन्ट गरे कि, सानो मुटु सोच भएको मान्छे भएको भए त हर्ट एट्याकै हुने थियो । तर मलाई केहि भएन । त्यसपछि मैले नेपालका कम्युनिष्टहरुले यो लेख लेख्दा मलाई किन यति धेरै गाली गरे भनि अनुसन्धान गर्दा रातारात करोडौ रुपैयाँको कृतिम बिरुवा रोक्न ठाडो आदेश दिने पनि संयोगबस कम्युनिष्टका मन्त्री रहेछन् ।
बिरुवा सप्लाई गर्ने ठेकेदार पनी कम्युनिष्ट पार्टीका कार्यकर्ता नै परेछन । म के भन्न चाहन्छु भने नेपाली कांग्रेस पार्टीका वा अन्य पार्टीले पनि बाटो बिराएको छ भने यसरीनै जनसरोकारको विषय प्रष्ट रूपमा उठाऔं । विगत बाट पाठ सिकौ । बिभिन्न देशका राष्ट्रप्रमुख सरकार प्रमुखले नेपाल भ्रमण गर्दा फेरि पनि रातारात ५ करोड रुपैया को कृतिम बिरुवा लाउन सक्छन् । कमिसनमा डुब्न सक्छन । सावधानी अपनाऔँ । अल्पकालीन भन्दा दिर्घ कालीन सोच राखी संवृद्ध नेपाल बनाउन सबैले हातेमालो गरौं ।
हिजो मात्र मुख्यमन्त्री शंकर पोखरेलज्युले आफ्नो फेसबुक स्ट्याटस मा यस्तो नराम्रो रुखो भाषा लेखेको हेर्दा वहाँप्रति मेरो जो अति विशिष्ठ सम्मान थियो त्यो घटेर गएको छ ।
यो समय मुख्य मन्त्री जस्तो पदमा आसिन व्यक्तिले फेसबुकमा रुखो जवाफ दिने बेला होइन । कमेन्टलाई नियाल्दै सकारात्मक रुपमा लिंदै संयम राखी अगाडी बढ्नु पर्नेमा एउटा व्यापारीले दिने कमेन्ट जस्तो आफ्नो फेसबुक बालबाट पोष्ट गर्नुभएछ । यस कमेन्टले वहाँलाई ठूलो राजनैतिक घाटा समेत हुने मैले महशुष गरेको छु । मेरो वहाँ प्रतिको सम्मानमा अबदेखि पूर्ण गिरावटआयो ।
कमेन्ट गर्नेले त कोरोना भाइरस रोकथाममा ल्याउने PPE किटमा पारदर्शीता अपनाउ
भष्ट्राचार हुने देखिए साबधानी अपनाउ भनेका मात्र छन् । चीनको बुहानमा २०१९ को डिसेम्बरमा कोरोना संक्रमण भई मानिसहरु मर्न थालेपछि साबधानी अपनाउन र आवश्यक पर्ने परिक्षण किन्न टेण्डर प्रकिया शुरु गर्न पर्दथ्यो सरकार र संबन्धीत बिभागले । केबल औसधी टेष्ट किट . सप्लायरलाई अफिसमा बोलाएर पहिलो चरणमा बिना टेण्डर बिना प्रतिष्पर्धी डेढ अर्ब रुपैया वा १५० करोड रुपैयाको सामान खरिद सोझै एउटा व्यापारीलाई सप्लाई गर्न दिंदा कतै भ्रष्टाचारको गन्ध आई राम्रै गर्न चाहे पनि अपारदर्शी देखिई अर्को समस्या निम्तन सक्छ । यत्रो ठूलो रकमले रकम बिना प्रतिष्पर्धा एउटा मात्र व्यापारीले किन्न गर्ने गरी दिंदा सोझा नेपाली जनतालाई यत्रो धम्कीपूर्ण जवाफ । हेक्का राख्नुस यो प्रश्न उठाउने नेपाली काग्रेस कार्यकर्ता मात्र होइनन् । यस प्रश्न उठाउनेमा नेपाल कम्युनिष्ट पार्टिका कार्यकर्ता नेता नै धेरै छन । बिनास काले बिपरित बुद्धि मुख्यमन्त्री शंकर पोखरेलजी । हरे हरे दुई तिहाईको दम्भ ।






