पहिलो महिला नेपाल आइडल बनिन् सज्जा

सोनी श्रेष्ठ / काठमाडौं । नेपाल आइडलको तेस्रो सिजनको विजेता सज्जा चौंलागाईं पहिलो महिला नेपाल आइडल हुन सफल हुनुभएको छ । यसैगरी अन्तर्राष्ट्रिय फ्रेन्चाइजको नेपाल आइडलको तेस्रो संस्करणमा प्रविण भेडवाल फस्ट रनरअप र किरण कुमार भुजेल सेकेण्ड रनरअप हुनुभएको छ ।
यससँगै विजेता नगद रु. २० लाख र एउटा एल्बम तथा १५ लाख बराबरको कन्ट्रयाक्ट पाउनुहुनेछ । नेपाल आइडलको तीनै संस्करणमा निर्णायकको भूमिकामा वरिष्ठ संगीतकार न्ह्युँ बज्राचार्य, गायिका इन्दिरा जोशी र संगीतकार तथा रचनाकार कालीप्रसाद बास्कोटा रहनुभएको छ ।
नेपाल आइडलका सम्पूर्ण एपिसोडहरु सुरेश पौडेल, लोकेश बज्राचार्य र एलिन श्रेष्ठद्धारा निर्देशित उक्त कार्यक्रम २०७६ पुस ३ गतेबाट अडिसन राउण्ड हुँदै प्रशारण सुरु भएको थियो । यसअघिको पहिलो संस्करण र दोस्रो संस्करणमा क्रमशः बुद्ध लामा र रवि ओड विजेता रहेका छन् ।