मानव ज्योति समाजको प्रथम अधिवेशन सम्पन्न , अध्यक्षमा हेमप्रसाद कँडेल

मानव ज्योति समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संस्थापक संयोजक हेमप्रसाद कँडेलको अध्यक्षतामा , उपाध्यक्ष विष्णुमायाँ भण्डारी , सचिव चन्द्रबहादुर खत्री , सह – सचिव राजु खतिवडा , कोषाध्यक्ष राजकुमार सिलवाल लगाएत सदस्यहरुमा सपना अधिकारी , हुन्नरबहादुर खड्का , सूर्यमायाँ तमाङ्ग , ऋषीनाथ सिंह , भुवन थपलिया र सञ्जु सुनार सहित एघार सदस्सीय कार्य समिति गठन गरेको छ ।

राप्ती नगरपालिका सातकी प्रमुख सुस्मिता डल्लाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा राप्ती नगरपालिका आठका अध्यक्ष बुद्धि थपलिया , विरेन्द्र आर्दश माविका व्यवस्थापन समिति अध्यक्ष घनश्याम कँडेल , बुद्धिजीवी समाजसेवी लगायतको उपस्थितिमा सम्पन्न भएको हो । ३ वर्षे कार्यकालका लागि निर्वाचन भएको संस्था मानव ज्योति समाजको कार्यलय चितवनको विरेन्द्रनगरमा रहेको छ । यो संस्थाले पिछ्‌डिएका बर्ग र समुदायका लागि काम गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *