तक्दीर अधिकारी
सिड्नी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (भिक्टोरिया) मेलवर्न उपशाखा गठन हुने भएको छ । अस्ट्रेलिया शाखाले भिक्टोरिया उपशाखा गठन गर्ने तयारी गरेको हो । फेब्रुअरी २१ मा गठन हुने उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु सम्मानित हुने सस्थाका तृतिय उपाध्यक्ष तथा भिक्टोरिया सम्योजक हिरा गौतम ले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय सदस्य एवम् चर्चित लोकगायिका सुनिता दुलाल र गायक अर्जुन सुनामको उपस्थितिमा सम्पन्न हुने उक्त कार्यक्रममा अस्ट्रेलिया शाखाको साधारण सदस्य तथा भिक्टोरिया उपशाखाको कार्यसमितिमा रहेर काम गर्न इच्छुकले सदस्यता दर्ता गर्न आयोजकले अनुरोध गरेका छन् ।
सदस्यता दर्ता गराउने अन्तिम मिति २१ फेब्रुअरी शुक्रबारसम्म रहेको गौतम ले जानकारी दिए । भिक्टोरियामा रहेका सम्पूर्ण लोक दोहोरी कलाकार, लोकप्रेमी महानुभाब, सञ्चारकर्मी एवम् समाजसेवीलाई कार्यक्रममा सहभागिताका लागि आयोजकले अनुरोध गरेका छन् ।






