सिड्नीमा पानीमा डुबेर ३ नेपालीको मृत्यु, एकको उद्दार

तक्दीर अधिकारी

सिड्नी । सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई नेपाली र अरेन्ज सहरमा गत बिहीबार अर्का एक नेपालको पानीमा डुबेर निधन भएको छ । नदीमा पौडी खेल्ने क्रममा उनीहरुको पानीमा डुबेर निधन भएको स्थानीय प्रहरीले जनाएको छ ।

चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्लीको पानीमा डुबेर निधन भएको हो । एकजनाको भने उद्दार गरिएको छ । गम्भीर अवस्थामा भेटिएका प्रदीप पाण्डेलाई हेलिकोप्टरबाट उद्दार गरी अस्पताल पु-याइएको हो । बेलुकी ७ बजे ३ जना नदीमा बेपत्ता भएको खबर पाएपछि आपालकालीन सेवा त्यहाँ पुगेको थियो ।

सिड्नीबाट ३ सय किमी टाढा अरेन्ज सहरमा बिहीबार अर्का एक नेपालीको पनि डुबेर मृत्यु भएको थियो । रुपेन तामाङको तलाउमा डुबेर मृत्यु भएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

सिड्नीमा यतिबेला अत्याधिक गर्मी छ । शनिबारको तापक्रम ४३ डिग्री पुगेको थियो । अत्याधिक गर्मी भएकाले उनीहरु नदीमा पौडी खेल्न गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *