‘सरसर्ती संसार’ लिएर लन्डन आइपुगे जीवा

लन्डन– गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका संरक्षक जीवा लामिछाने आफ्नो नयां कृति ‘सरसर्ती संसार’ को बेलायत विमोचनका लागि लन्डन आइपुगेका छन् ।

शुक्रबार बिहान लन्डन उत्रिएका मिछानेको स्वागत गर्न गैर आवासीय नेपाली संघका सल्लाहकार विश्वआदर्श पण्डित, गैर आवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य, नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जिवी ढकाल लगायत विमानस्थल पुगेका थिए ।

लामिछानेको नियात्रा ‘सरसर्ती संसार’ को बेलायत विमोचन आइतबार (जनवरी ८ तारिख) लन्डन इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा हुने कार्यक्रम छ ।

उक्त कृति यसअघि नेपाल, मस्को र तान्जानियामा विमोचन भइसकेको छ ।