भ्रमण वर्ष २०२० मा गोरा कि नेपाली छोरा

उमेश चापागाई

नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुरुप प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ। मेरो मनमा खड्किएको कुरा के हो भने सरकारले कस्ता पर्यटक नेपालमा भित्र्याउँदैछ र ती पर्यटकले के हेर्न र के गर्न नेपाल आउने ?

प्रसँग सुरु गर्न चाहन्छु एक अस्ट्रेलियन महिलाको विचारबाट । उनी नेपाल धेरै पटक गएकी छिन् रे । उनको भनाइमा नेपालको सबै ठाउँमा इन्टरनेट छ । सगरमाथाको बेस क्याम्पदेखि अन्नपूर्ण बेस क्याम्पसम्म । तर त्यहाँसम्म पुग्न कठिन छ । उनले अझ थपिन पहिला पहिला हिड्ने बाटो त थियो, तर अहिले हिड्ने बाटोमा ट्रक गुड्छ र धुलो उड्छ, आजकाल रमाइलो छैन त्यहाँ जानका लागि । जो व्यक्ति उनको भनाइअनुसार १० पटकभन्दा बढी दुवै बेस क्याम्पमा गइसकेकी छन र अब जान रमाइलो छैन भन्दैछिन् यसबाट हामीले भ्रमण वर्ष मनाउँदै गर्दा बुझ्नुपर्ने कुरो के हामी विकासको नाममा प्राकृतिक विनासमा त छैनौं । यदि हाम्रो उद्देश्य पर्यटकहरु प्राकृतिक दृश्य अवलोन गरोस् भन्ने चाहना छ भने ट्रक गुड्यो, धेरैसम्म पुग्यो । तर त्यसले के कति पर्यटनमार्ग विनास ग-यौ वा हामीले पर्यटकलाई वैकल्पिक मार्ग बनाइदियौं कि दिएनौं विचार गर्नुपर्ने छ जस्तो लाग्छ ।

आजको दिनमा लाखौंको संख्यामा नेपालीहरु विदेशमा बस्दै आएका छन् । हजारौंको संख्यामा स्थायी रुपमा बसेका छन् । के ती नेपाली दाजुभाइ दिदीबहिनी हाम्रा मुख्य पर्यट हुन सक्दैनन् ? तिनीहरुलाई नेपाल आउने वातावरण सहज बनाइ दिने हो भने यो भ्रमण वर्ष फलदायी हुने देखिन्छ । अब सहज यो मानेमा कि जो नेपाली विदेशी नागरिकता लिएर बसेका छन् उनीहरुको भ्रमण वर्षमा भिषा शुल्क निशुल्क गर्ने हो कि धेरै जना परिवार एकै पटक आउँदा आउने जाने भाडा र भिसा शुल्कले गर्दा उनीहरुलाई आर्थिक भार पर्नसक्छ । यदि भिसाा शुल्क निःशुल्क गर्दा अलिकति भए पनि आर्थिक भार कम र बढी विदा लिएर नेपाल आउने सम्भावना देखिन्छ ।

नेपाल आध्यामिकताका दापथ तपोभूमि मानिन्छ । यहाँका मनोरम प्राकृतिक दृश्य त छदैछन् त्यसमा पनि यहाँको तीर्थस्थलहरुमा पुग्ने बाटो सजिलो भयो भने यहाँ आएका विदेशमा बसोबास गर्ने नेपालीहरुले गोरा छाला भएको तुलनामा धेरै खर्च गर्ने र पर्यटनको वातावरणलाई थप ऊर्जा दिने देखिन्छ । यसका साथसाथै विभिन्न अध्यात्मिक केन्द्रहरुले भ्रमण वर्ष अवधिमा ध्यान, योग, शिविर सञ्चालनमा ल्याउने हो भने अझ पर्यटक बढ्ने देखिन्छ । उदाहरणका लागि विपश्यान, ब्रह्मकुमारी सेवा केन्द्र, ओशो ध्यान केन्द्रजस्ता संस्थाहरुले ध्यान, योग शिविर चलाउँदा पर्यटकहरुको आत्मिक उन्नतिको साथै पर्यटन वृद्धिमा अवश्य टेवा पुग्ने देखिन्छ ।

अन्त्यमा गोरा गोरीभन्दा आफ्नै छोराछोरीलाई नेपाल घुम्ने वातावरण सरकारले निर्माण गरेको खण्डमा गोरा, गोरीको साथै आफ्ना विदेशमा बसेका नेपाली पनि सहभागी हुनेछन्, जसले गर्दा भ्रमण वर्ष २०२० निक्कै फलदायी हुनेछ ।

प्रतिकृयाको लागी : uchapaign@hotmail.com
उमेश चापागाई सिड्नी, अस्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *