तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियाको चर्चित एड्भान्स कलेज अफ हेल्थले आउँदो शनिबार अर्थात् डिसेम्बर ७ तारिखमा सिड्नीको एसफिल्ड टाउनहलमा निःशुल्क रोजगार उन्मुख ईन्फर्मेसन कक्षा सञ्चालन गर्ने भएको छ ।
नेपाली समुदायमा हुने विभिन्न कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आएको उक्त कलेजले कामको खोजीमा रहेका विद्यार्थीलाई वृद्धवृद्धा हेरचाहर सम्बन्धी सिपमुलक तालिम दिने र रोजगारीसमेत उपलब्ध गराएर धेरै बिद्यार्थीलाई सहयोग गर्दै आएको छ ।
तालिम लिइसकेपछि काम खोज्न आवश्यक कागज पत्रको तयारी, काम खोज्ने उपयुक्त माध्याम तथा बहुपयोगी र महत्वपूर्ण बिषयमा फरक फरक बिधाका विज्ञबाट तालिम दिइने आयोजक कम्पनीका निर्देशक किशोर अर्यालले जानकारी दिए । निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा उपस्थित भई मौकाको फाइदा लिन र बेरोजगार समस्याबाट मुक्त हुन आयोजक कम्पनीका अर्को निर्देशक ईश्वर दाहालले सिड्नीवासी विद्यार्थीसँग अनुरोध गरेका छन् ।






