सिड्नी । पोखरा समाज अस्ट्रेलियासँग आबद्ध शंकर कोइरालाका पिता गणेश कोइरालाको असामयिक निधनप्रति पोखरा समाज अस्ट्रेलियाले कोइराला निवासमा पुगी श्रद्धाञ्जली व्यक्त गरेको छ । पोखरा लेकसाइड निवासी कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको थियो । लकडाउनले गर्दा नेपाल फर्कन सम्भव नभएकाले शंकरले आफ्नै निवासमा दशगात्र कर्म सम्पन्न गरेका थिए ।
पोखरा समाज अस्ट्रेलियाका पदाधिकारी स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली र कोइराला परिवारप्रति समवेदना व्यक्त गर्न शंकर कोइरालाको निवासमा पुगेको थियो । श्रद्धाञ्जली कार्यक्रममा पोखरा समाज अस्ट्रेलियाका अध्यक्ष राजकुमार अधिकारीले भने, ‘संसारभरि नै संकट परेका बेला कोइराला परिवारमा दुःखद घटना भयो । यो दुखद् घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु, उहाँहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् ।’

श्रद्धाञ्जली कार्यक्रममा पोखरा समाजका अध्यक्ष राजकुमार अधिकारी, उपाध्यक्ष राजेश केसी, महासचिव समित केसी कोषाध्यक्ष ईश्वर पहारी, निवर्तमान अध्यक्ष धु्रव गुरुङ, सदस्यहरु विजेन बटाजु, बुद्ध गुरुङ, कविराज पौडेल, अर्जुन न्यौपाने, सल्लाहकार विष्णु हमाल, दिपक पहारी, दिनेश पहारीलगायतका उपस्थिति थियो ।
पोखरा समाज अस्ट्रेलियाले आफ्ना सदस्यहरुको सुख दुःखमा साथ दिँदै आइरहेको छ ।






