एनआरएन यूकेमा अध्यक्षका तीन दाबेदारको समर्थन जुटाएर बलियो बने शेर सुनार

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको उम्मेदवारी दर्ताको चार दिन अगाडि चुनावले नया मोड लिएको छ । उम्मेदवारी दाबी गरेका बहालवाला चार उपाध्यक्ष एक ठाउँमा उभिएका छन् ।

बहालवाला उपाध्यक्षहरु एक ठाउँमा उभिएपछि एनआरएनए यूकेको चुनाव निक्कै रोचक हुने सहजै अनुमान लगाउन सकिन्छ ।

एनआरएनए यूकेमा चार जना बहालवाला उपाध्यक्षहरुले शेर सुनारको नेतृत्वमा चुनावमा जाने साझा प्रतिबद्धता गरेका छन् ।शेर सुनारको  पक्षमा उपाध्यक्षहरु प्रेम गाहा मगर, ललित न्यौपाने र सुशीला राई एकै ठाउँमा उभिएका छन् । चारै जना अध्यक्ष दाबेदार थिए ।

अध्यक्ष दाबेदार सुनारले आफूहरुको पक्षमा स्कटल्याण्ड, आयरल्याण्ड, वेल्स र मिडल्याण्डका शुभचिन्तकहरुबाट पनि समर्थन हुने क्रम सुरु भएको जानकारी दिए ।

अध्यक्षका प्रत्यासी सेरबहादुर सुनारलाई सहयोग र साथ रहेको र एनआरएन युकेका संस्स्थापक सदस्य हुँदै आज अध्यक्षका लागि अगाडि बढनु भएका सुनारलाई हाम्रो सहयोग साथ रहेको भन्दै अध्यक्षका प्रत्यासी प्रेम गाहा मगर, सुशीला राई, ललित न्यौपानेले सम्बोधन गरेका थिए । क्रमशः पे्रम गाहा मगरले बेलायतवासी नेपाली दाजुभाइ दिदी बहिनीबीच आफूले गरेको घोषणा उपाध्यक्षमा रहेर पूरा गर्ने तथा राई र न्यौपानेले दुवै जना आईसीसीमा जाने,आफ्नो अबको अध्यक्ष सेर सुनार भएको बताए । ।

कार्यक्रममा काउन्सिलर प्रवेश केसी, एनआरएन आईसीसीका पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएन यूकेका सल्लाहकार ओमप्रसाद थापा, एनआरएन यूकेको अर्का सल्लाहकार एवम् कानुनविद् नारायण कँडेल ,मिडल्याण्डका एनआरएनअभियन्ता शसांक शर्मा,लगायतले समीकरण भएकोमा खुशी व्यक्त गर्दै आफूहरुको पूर्ण साथ र सहयोग रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *