जनकपुर, कार्तिक १४ । सरकारसँगको वार्ता र आन्दोलनको स्वरुपबारे छलफल गर्न शनिबार जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसिरहेको छ ।
बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव लगायत सहभागी छन् ।
यसैबीच, तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारसँग आइतबार (भोलि) निर्णायक वार्ता हुने बताएका छन् ।
उनले यसपछि पनि सरकारले मधेसको विषयमा ठोस निर्णय नलिए मुलुकमा गम्भीर समस्या उत्पन्न हुने चेतावनीसमेत दिए ।






