पिटरबरोमा नेपाली कक्षा सुरु

पिटरबरो,

pit5पिटरबरो नेपाली समाजको बिशेष पहलमा यहि आइतबार १८ सेप्टेम्बर देखि पिटरबरोमा नेपाली बालबालिकाहरुको लागि नेपाली कक्षा सुरु गरिएको छ।

यस नेपाली कक्षामा नेपाली भाषाको साथै नेपाली कला संस्कृती, सभ्यता परम्परा र नेपालको भुगोल तथा अन्य आकर्षक पक्षको बारेमा यहाँका नेपाली बालबालिकाहरुलाई  रमाइलो पाराले पठन पाठन गराइनेछ। हरेक आइतबार स्थानिय वेस्ट्वुड हलमा दिउँसो १:३० देखि ३:०० बजे सम्म चल्ने नेपाली कक्षाकि शिक्षिका अर्चना शर्मा हुनुहुन्छ।   पहिलो कक्षामा उपस्थित बालबालिकाहरुलाई नेपाली भाषा पढाइनुको साथै र नेपाल बारे बिबिध बिषयमा जानकारी गराइएको थियो। जसमा बालबालिकाहरुले निकै चाख मानेको पाइयो।  बिदेशमा जन्मेको र हुर्केको नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृती, परम्परा र भुगोलको जानकार बनाएर  नेपाल संगको प्रेममा जोडिराख्ने एउटा कडिको रुपमा नेपाली कक्षामा संचालनमा ल्याइएको पिटरबरो नेपाली समाजका अध्यक्ष पवन शर्मा बताउनु हुन्छ।pit4

पहिलो कक्षामा बालबालिकाहरुको उत्साहजनक उपस्थिति रहेको  थियो। बालबालिकाहरुले नेपाली कक्षा निकै रमाइलो र चाखलाग्दो मानेको साथै आगामी दिनमा नेपाली कक्षामा बालबालिकाहरुको संख्या अझै व्यापक हुने आशा लिदै आफ्ना बालबालिकाहरु नेपाली कक्षामा सहभागी गराउन पनि कार्यक्रमको संयोजन गरेका उपाध्यक्ष शिव भण्डारीले यस क्षेत्रका सम्पुर्ण अभिभावकहरुलाई अनुरोध पनि गर्नु भएकोछ।