इण्डो-नेपाल पर्यटन पत्रकार संघ गठन

13323269_10153373243735834_242272251845573394_oकाठमाडौं- नेपाल र भारतका पर्यटकीय गन्तव्यको प्रचार-प्रसार, प्रबर्द्धन गर्ने उद्देश्यले इण्डो-नेपाल टुरिजम जर्नालिष्ट एसोसिएसन-आइएनटीजेए) गठन भएको छ ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन समितिको आयोजनामा भएको भ्रमणको समापन समारोहमा समुह बनाइएको हो । इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न पर्यटकीय स्थलको भ्रमणपछि आयोजित समापन समारोहमा पर्यटन व्यवसायी, विभिन्न निकायका प्रतिनिधिको उपस्थितीमा समुह बनेको हो ।

एसोसिएसनमा भारतका तर्फबाट सिक्किम एक्सप्रेसका प्रशान्त आचार्य संयोजक हुनुहुन्छ । नेपालका तर्फबाट पर्यटन पत्रकार संघ (जाट-नेपाल)का द्वितीय उपाध्यक्ष शेखर अधिकारी उपसंयोजक हुनुहुन्छ । समितिमा संयोजक र उपसंयोजक सहित अन्य १३ जना पत्रकारहरु एसोसिएसनको संस्थापक सदस्य छन् ।