लण्डन ।लण्डनको शहरमा चल्ने डबल डेकर बसमा नेपालको पर्यटन प्रचारका सामाग्री राखिएको छ । नेपाली दूतावास लण्डन र पर्यटन प्रवद्र्धन विभागले उक्त प्रचार सामाग्री राखिएको बताइएको छ । नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उदेश्यले यो अभियान सुरु गरिएको नेपाली दूतावासले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार लन्डनका डबल डेकर बसहरुमा गरिएको यो प्रचारले लण्डन बाशीहरु मात्र नभई यहा आउने पर्यटकहरु लाई समेत आकर्षित गर्ने बताइएको छ । लण्डनको केन्द्रीय भाग भएर संचालन हुने १८ रूटका करिब ५० बसहरूमा नेपाल घुम्न आउन आह्वान गरी ट्राफाल्गर स्क्वायर, केन्जिङटन, लिभरपुल इस्टिट, बन्ड इस्टीट, अक्स्फड इस्टीट जस्ता पर्यटकहरु आगमन हुने शहरका बसमा यो प्रचार देख्न सकिन्छ। यो अभियान करिब दुई सातासम्म जारी रहने बोर्डले उल्लेख गरेको छ ।
‘नेपाल लाइफ़ टाइम एक्सपिरिएन्सेस’ लेखिएका ती प्रचार बस नम्बरहरू ३,८,९,११,१२,१५,१६,२१,२४,२७,३८,४८, ५५,५९,६८,७३,७६,८७,८८,९१,१३७,१४८,१४९,१५९,१६८,१८९,२११,२५३,२५४,२६७ र ३९० मा ती सामग्री देख्न पाइनेछ।






