भट्टराईको नेतृत्वमा गुल्मी समाज भिक्टोरिया

तक्दीर अधिकारी
सिड्नी । गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धीप्रसाद भट्टराई निर्वाचित भएका छन् । अस्ट्रेलियन नेप्लिज कम्युनिटी सेन्टरको कार्यसमिति सदस्य भट्टराईलाई गत सोमबार क्याम्बरबेलमा सम्पन्न तेस्रो साधारणसभाले अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि उनी कार्यसमितिको सचिव पदमा थिए ।

समितिको उपाध्यक्षमा कृष्णप्रसाद चालिसे, महासचिवमा प्रकाश अर्याल, सहसचिवमा वर्षा भण्डारी, कोषाध्यक्षमा राजन पोखरेल निर्वाचित भए । समितिको सदस्यमा नवीन भण्डारी, रामचन्द्र पोखरेल, रामहरि सापकोटा, माधव खरेल, दिनेश काफ्ले र रमेश अर्याल छन् ।

साधारणसभाले जनकराज गौतम र मणिरत्न सापकोटालाई संरक्षक बनाएको छ भने सल्लाहकारमा नारायणप्रसाद चालिसे, लक्ष्मण सापकोटा, शिवलाल सापकोटा, लालसिंह खत्री, डा. सन्देश पन्त र भीमलाल सापकोटा रहेका छन् ।

कार्यक्रम गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका निवर्तमान अध्यक्ष मणिरत्न सापकोटा अध्यक्षता तथा एनआरएनए अष्टेलियाका अध्यक्ष केशव कँडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा महेन्द्र आदर्श माध्यमिक विद्यालय गुल्मीका पूर्व प्रधानाध्यापक भिमलाल सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *