रेणुका लामा, उपाध्यक्ष एनआरएन साउ अस्ट्रेलिया
कडा परिश्रमभित्र सफलता देख्ने कर्मयोगी महिलाको नाम हो रेणुका लामा । उनको जन्म पोखरा महानगरपालिका तल्लो गगनगौडामा भएको हो । सामान्य परिवारमा जन्मिएर पनि सानैदेखि सेवाभाव र तिखो बुद्धिले भरिपूर्ण थिइन् । उनको स्कुले पढाइ सामुदायिक विद्यालयबाट पुृरा भएको हो । उच्च शिक्षाको थालनी नर्सिङबाट गरिन् । उनले नर्सिङ अध्ययनका लागि मणिपाल मेडिकल कलेज रोजिन् । त्यहाँ उनले पिसियल नर्सिङ पूरा गरेपछि ४ वर्ष सोही अस्पतालमा काम गरिन् । त्यसपछि थप अध्ययन र सुन्दर भविष्यको खेजीमा उनी अष्ट्रेलिया छिरिन् । उनले अष्ट्रेलियामा बिएन नर्सिङ पुरा गरेर त्यहीको अस्पतालमा विगत ९ वर्षदेखि काम गर्दै छन् । अहिले उनी गैरआवासीय नेपालीहरुको संगठन एनआएनए साउथ अष्ट्रेलियामा सन् २०१७–१९ को कार्यसमितिमा उपाध्यक्ष पदमा निर्विरोध चयन भएकी हुन् । आगामी जुलाई ६ मा हुने एनआरएनएको चुनावमा कोअडिनेटर (अध्यक्ष पदमा चुनाव लड्दैछन् । उनै रेणुका लामासँग कालिका महतले गरेको कुराकानी :
० अष्ट्रेलिया बसोबास गरेको कति वर्ष भयो ?
– म अष्ट्रेलियामा यहाँको नागरिक नै भएर बसोबास गरेको अहिले ११ वर्ष भयो ।
० अहिले पढ्दै हुनुहुन्छ कि टुंगियो ?
– म नर्सिङमै मास्टर डिग्री गर्दै छु । बीचमा पढाइ छोडेर काम गर्न र एनआरुएनएमार्पmत समाज सेवातिर लागियो । अब फेरि पढाइलाई निरन्तरता दिँदै छु ।
० अनि पढाइ, पेशा र समाजसेवालाई कसरी टाइम दिनुहुन्छ ?
– इच्छाशक्ति भएपछि समय आपैm मिल्छ । म सुटिङ बनाएर आफ्नो कामको जिम्मेवारी हेरी समय मिलाउँछु ।
० एनआरएनएमा योभन्दा पहिलो कार्यसमितिमा कुन पदमा हुनुहुन्थ्यो ?
– म २०१७–१९ को कार्यसमिति जुन अहिले चलिरहेको छ त्यसमा म निर्विरोध उपाध्यक्ष चयन भएकी हुँ । पदमा रहेर भूमिका निर्वाह गरिरहेकी छु । यसबाट मैले एनआरएनएको बारेमा धेरै कुरा सिक्ने र काम गर्ने मौका पाएँ । टिमका सबै साथीहरुले राम्रो सहयोग गर्नुभयो । यो सामाजिक काम गर्ने क्षेत्र हो । यसमा सबेर नेपालबाट अष्ट्रेलिया आइ विभिन्न पेशा व्यवसायमा गरेर बसेका समुदायलाई पर्न आउने समस्या समाधान गर्ने काम गर्ने मौका पनि मिल्यो ।
० अब लागेको चुनावमा कुन पदमा उठ्दै हुनुहुन्छ ?
– यही जुलाई ६ मा हुन लागेको एनआरएनएको चुनावमा म को–अडिनेटर (अध्यक्ष) पदमा उठ्दै छु ।
० उपाध्यक्ष हुँदा के त्यस्तो राम्रो काम गर्नुभयो र अध्यक्ष उठ्दै हुनुहुन्छ ?
– योभन्दा अगाडिको कार्यसमिति जुन २०१७–१९ हो । त्यसमा बसेर हाम्रो टिमले धेरै राम्रा कामहरु गरेको थियो । त्यसमा मैले पनि एनआरएनए भित्रका धेरै कुरा जान्ने मौका पाएँ । काम गर्ने तरिका पनि थाहा भयो । नेपालबाट साउथ अष्ट्रेलियामा आइ विभिन्न पेशा व्यवसाय गरेर बसेका नेपाललाई पर्न समस्याको समाधान गर्ने मौका पाएँ । यी सबै अनुभवले यसको जिम्मेवार पदमा रहेर सेवा गर्ने इच्छा छ ।
० पहिला त निर्विरोध हुनुभएको रहेछ अब संयोजक (अध्यक्ष) उठ्दै हुनुहुँदो रहेछ चुनाव जित्नुहुन्छ ?
– आउँदो जुलाई ६ मा हुन गइरहेको साउथ अष्ट्रेलिया एनआरएनएको चुनावमा को–अडिनेटर (अध्यक्ष) पदमा निर्वाचित हुन्छु । किन भने मैले योभन्दा पहिलो कार्यसमति जसमा उपाध्यक्ष भएर धेरै दुःखमा परेका समुदायको सेवा गरेकी छु । नेपालको कल्चरलाई अष्ट्रेलियामा झल्काउने काम हाम्रो कार्यसमितिले गरेको छ । त्यसको अगुवाइ मैले गरेकी छु । त्यसबेला साउथ अष्ट्रेलियामा नेपाली कल्चर, भेषभुषा, जाति समुदायको पहिचान, धर्म, संस्कार, संस्कृतिको जगेर्ना लगायत थुप्रै कामको अगुवाई उपाध्यक्ष हुँदा गरेकी छु । नेपालको शेर्पा जातिको पहिचान झल्काउने काम गरेकी छु । त्यसकारण साउथ अष्ट्रेलियामा बसोबास गर्ने नेपाली साथीभाइले मलाई निर्वाचित गर्नुहुन्छ भन्ने विश्वास छ ।
० नेपालीलाई फाइदा पुग्ने काम के गर्नुभएको छ ?
– मैले नेपालबाट पढ्न आएका भाइबहिनीहरु जो काम नपाएर, काम पाइहाले पनि परिश्रमिक नपाएर, अथवा बिरामी हुँदा खर्चका कारण उपचार नपाएर अलपत्र परेका हुन्छन् त्यस्तालाई रकम उठाएर सहयोग गर्ने काम गरेकी छु । कोही व्यववारिसे रुपमा बिना खर्च मृत्यु भएका हुन्छन् उनीहरको लासलाई खर्च जुटाएर नेपालसम्म पठाइ उनीहरुको परिवारलाई जिम्मा लगाउने काम गरेकी छु । यसरी धेरै नेपालीको उद्दार गर्ने काम गरेका साथीभाइलाई थाहा छ । त्यसकारण पनि आउने एनआरएनएको चुनावमा मलाई साउथ अष्ट्रेलियामा बसोबास गर्ने गैरआवासीय नेपालीले मलाई अध्यक्ष पदमा निर्वाचित गर्ने छन् ।
० जागिर अनि समाज सेवा कसरी भ्याउनुहुन्छ ?
– ‘जहाँ इच्छा त्यहा उपाय’ भन्छन्, म क्यालेन्डर बनाएर समयको मेनेज गर्छु । मेरो घर अष्ट्रेलिया नै भएकाले पनि मलाई एनआरएनएमा काम गर्न सजिलो हुन्छ । पहिलाको कार्यसमितिबाट पनि धेरै अनुभव बटुलिसकेकाले मलाई यसमा काम गर्न कुनै कििठनाइ छैन ।
० कसरी समाजसेवातिर आकर्षित हुनुभयो ?
– कमाइ भनेको लाउन खान हो । तर मानिसले खाली जीबिको पार्जनको लागि मात्र समय खेर हाल्ने होइन । मेरो साथै देखि समाज सेवा रहर पनि थियो । त्यसैले नर्सिङ पढेको हुँ । मेरो आमा बाबाले नर्सलाई समाजसेवी ठान्नुहुन्छ । त्यसैले मलाई नर्सिङ पठाउनुभएको हो । पेशामार्पmत सेवा गर्दागर्दै गैरआवासीय नेपालीहरुको संठित संस्था एनआरएनएमार्पmत मलाई समाज सेवा गर्ने इच्छा भएकाले यतातिर आकर्षित भएकी हुँ ।
० नेपालको भ्रमण वर्ष २०२० लाई कसरी सघाउनुहुन्छ ?
– साउथ अष्ट्रेलियन वासीलाई नेपालको कला, संस्कार, संस्कृति र पर्यटनको बारेमा बुझाउन विभिन्न कार्यक्रमहरु गरेर । पर्यटकहरुलाई एकपटक नेपाल घुम्न जाउजाउ पार्ने गरी आकर्षित गराउने छु ।
० विवाह गर्नुभयो ?
– गरेँ, मैले अष्ट्रेलियन नागरिकसँग विवाह गरेको ४ वर्ष भयो । मेरो श्रीमान् विजनेस गर्नुहुन्छ । मेरो घरपरिवार सबै यही हो । नेपालको पोखरा मेरो माइती घर हो ।
० श्रीमानको सहयोग छ ?
– एदमै सहयोग छ । मेरो पेशाप्रति उहाँ अति खुसी हुनुहुन्छ । नर्सिङ पेशा र एनआरएन मार्पmत हुने समाज सेवामा उहाँको फुल्ली सहयोग छ ।
० तपाईले एनआरएनमार्पmत समाज सेवा गरेकोमा श्रीमान सन्तुष्ट हुनुहुन्छ ?
– एदमै सन्तुष्ट हुनुहुन्छ । उहाँकै सहयोगले म यहाँसम्म आउन सफल भएकी छु ।
० निर्वाचित भएपछि नयाँ काम के गर्नुहुन्छ ?
– म सबैभन्दा पहिलासाउथ अष्ट्रेलियामा विभिन्न पेशा व्यवसाय गरेर बसेका नेपालीलाई एनआरएनलाई भनेको हामी सबैको हितमा हो भन्ने विश्वास दिलाउँछु । यो संस्था कार्यसमितिमा हुनेहरुको मात्र होइन सबै गैरआवासीय नेपालीहरुको साझा संस्था हो भन्ने बनाउने प्रयास गर्छु ।






