नेपाली साहित्य विकास परिषद यूकेमा नयाँ सहमति, कोमल मल्ल नेतृत्वको टिमले नै निरन्तरता पाउने !

लण्डन ।नेपाली साहित्य विकास परिषद यूकेमा आगामी नेतृत्व समेत कोमल मल्लले नै हाँक्ने भएका छन्। विहिबार भर्चुअल रुपमा सम्पन्न संस्थाको कार्यसमिति बैठकले कोरोना महामारीको कारण तत्काल निर्वाचन गरी नया कार्यसमिति गठन गर्न सम्भव नहुने भन्दै हालकै कार्यसमितिलाई निरन्तरता दिने भनेको हो । बर्तमान कोमल मल्लको नेतृत्वको समितिले काम गरिरहेको छ ।

तर यस विषयमा पछि साधारणसभाबाट पारित गरिने भएको छ । हाललाई भर्चुअल रुपमै भएनी यही समितिलाई १२औँ कार्यसमिति बनाउने भनिएको हो ।
आगामी दुई वर्ष २०२० देखि २०२२ सम्मका लागि पुनर्गठित १२औँ कार्यसमितिको अध्यक्षमा कोमलप्रसाद श्रेष्ठ मल्ल रहेका छन् भने वरिष्ठ सहअध्यक्षमा ध्रुव केसी, सहअध्यक्षहरूमा डा.गोपाल पौडेल, गोकुल भण्डारी र रेशम अर्याल, उपाध्यक्षहरूमा वसन्त रायक्षेत्री, डा.सुधा श्रेष्ठ र वाचस्पति रेग्मी छन् भने महासचिवमा वीरेन्द्र कुँवर, कोषाध्यक्षमा मनोज अञ्जान, सहमहासचिवमा डा.संगीता श्रेष्ठ छन् ।
कार्यकारिणी सदस्यहरूमा हरि केसी, डम्वरसिंह ‘प्रयास’, कल्पना आङ्गबुहाङ र सुमेर ज्ञवाली छन् ।
त्यस्तै सल्लाहकार समितिमा वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल, परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाह, पूर्वअध्यक्षहरू हरिसिँह थापा र खगेन्द्र नेपाली, मदन थापा, घनबहादुर थापा, राजुविक्रम थापा, कृष्ण भट्ट, कमल भण्डारी र बालजंग अर्याल छन् भने सञ्चार संयोजकमा पत्रकार नवीन पोखरेल छन् । जसको पदेन संरक्षकमा राजदूत डा. दुर्गा बहादुर सुवेदी रहेका छन् ।यसैगरी गायक सुमेर ज्ञवाली सहित सांस्कृतिक विभागमा वरिष्ठ सल्लाहकार मदन थापा, उपाध्यक्ष वसन्त रायक्षेत्री, कोषाध्यक्ष मनोज अञ्जान, कार्यकारिणी सदस्य डम्वरसिंह ‘प्रयास’ र सुमेर ज्ञवाली छन् । परिषदमा विभिन्न १५ वटा विभाग छन् ।

परिषद्को २५औ वार्षिकोत्सवमा सहभागी कवि तथा कलाकार र विशिष्ट अतिथिहरूलाई सम्मानपत्रले सम्मानित गर्ने निर्णय पनि बैठकले गरेको छ ।
परिषद्का अध्यक्ष कोमल मल्लको अध्यक्षतामा सम्पन्न ११औँ कार्यसमितिको भर्चुअल पूर्ण वैठकले बेलायतमा आफ्नो चारवर्षे कार्यकाल सफलतापूर्वक पुरा गरी नेपाल फर्कने क्रममा रहेका परिषद्का पदेन संरक्षक राजदूत वरिष्ठ साहित्यकार डा. दुर्गाबहादुर सवेदीको गहन साहित्यिक तथा संस्थागत योगदानको उच्चतम कदर गर्दै २५ तोला चाँदीको रजतवर्ष विशिष्ट अभिनन्दन तथा पदकबाट सम्मानित गर्ने निर्णय गरेको छ ।
डा. सुवेदीले बेलायतमा आफ्नो चार वर्षको कार्यकालभित्र परिषद्को पदेन संरक्षककारूपमा विशिष्ट योगदान पुरयाउनुका साथै बेलायतका सर्जकहरूका कविता, गीतगजल, मुक्तक, कथा, नाटक आदि विधाका भिन्नाभिन्नै सङ्ग्रहहरू प्रकाशन गरेर वृहद प्रोत्साहन र साहित्यको क्षेत्रमा अध्ययनीय इतिहास निर्माण गरेकोमा उच्चतम मुल्यांकन गर्दै उक्त पुरस्कार सम्मान प्रदान गरिएको परिषद्ले एक विज्ञप्तिमार्फत् जनाएको छ ।