लन्डन ।नेपाली ब्यवसायीको पहिलो बैंक लकर ग्लोबल बुलियन एण्ड भल्ट युकेको तेस्रो बार्षिक उत्सब सम्पन्न भएको छ ।
नेपाली सेवाग्राही बाहेक विभिन्न कम्युनिटीहरुका सेवाग्राहीहरुलाई जनवरी, २०२१ सालबाट अति सुरक्षित सेवा प्रदान गर्दै आएको ग्लोबल बुलियन भल्ट, केन्ट प्रान्तकै एक मात्र सेवा प्रदायक बैंक लकर कम्पनी हो । जो फाइनन्शिअल कन्डक्ट अथोरिटीसँग रजिष्टर छ । यो कम्पनीले सेवाग्राहीलाइ आफ्नो बहुमुल्य सामान (सुन, चादी, गरगहना, घडी, क्रिप्टो),पैसा, इच्छापत्र जस्ता महत्वपुर्ण कागजातहरु राख्नका लागि अत्यन्तै सुरक्षित सेवा प्रदान गर्दै आएरहेको छ ।
ग्राहकहरुलाई पूर्ण सन्तुष्टि दिन र उनीहरुको विश्वासनीयतालाई ध्यानमा राख्दै स्थापना भएको केन्ट कै एक मात्र इन्डिपेण्डेन्ट बैंक लकर हो । जो सजिलै विष्पोटकहरुले फुटाउँन सक्दैन । ड्रिलिङ गरेर भत्काउन सक्दैन। लकरमा चार तहको सुरक्षा सिस्टम राखिएको छ । ग्राहकले पिन नम्बर , कार्ड र डुप्लीकेट गर्न नसक्ने चाबी पाउछन र चौथो तहको सेक्युरिटी विद्युतिय औठा छाप हुन्छ । यसको महत्वपूर्ण कुरा के हो भने बैंक लकरमा जाने ढोका र सुरक्षित बक्स खोल्नको लागि आफ्नै विद्युतीय औठा छाप चाहिन्छ । यसको अर्थ बक्सका लागि रजिष्टर भएको छैन भने आफ्नै परिवारका सदस्यले पनि खोल्न सक्दैनन् । अरुले त झन खोल्न परकै कुरा हो । सुरक्षा सेवाको सबै भन्दा मजबुत लेयर भनेको ग्राहकहरुको बहुमुल्य सामानहरुको इन्स्युरेन्स हो ।
कम्पनीका एम.डी. जनक राईका अनुसार ग्लोबल बुलियन भल्टका ग्राहकका लागि युकेको प्रतिष्ठित कम्पनी ‘नोबल सेक्युरिटी बक्स इन्स्युरेन्स’ कम्पनीले बीमा प्रदान गर्दै आएको छ । यसको अर्थ ग्राहकहरुले उनीहरुको सामान हराएमा, चोरी भएमा बाहिरका वा कर्मचारीहरुले समान निकाल्न जादा गन पोइण्टमा चोरी भएमा पनि ग्राहकहरुले आफ्नो सामानहरुको क्षतिपूर्ति पाउने उनले बताए
सब भन्दा धेरै चोरी हुने ठाउँ मध्य केन्ट काउण्टी बृटेनकै तेस्रो नंबरमा पर्छ । जहाँ दिनमै २२ वटा चोरी हुने कुरा राष्ट्रिय तथ्याङ्ग्कले बताएको छ । यसले बिशेष नेपाली एशियनहरुको घरमा बढी चोरी हुने देखिन्छ ।
भौतिक बहुमुल्य सामानहरु लुटिने एउटा पाटो भयो । घट्नामा सांघातीक हमला हुने, ज्यानसमेत जानसक्ने र घर परिवारमा दिर्घ मनोबैज्ञानिक असर पर्ने खालका ठुला समस्या देखेर नै नेपालीहरुका एक अण्ट्रेप्रेनर समुहले चोरी डकैती गर्ने समस्याको दिर्घकालिन समधान गर्न ग्लोबल बुलियन एण्ड भल्ट लिमिटेड खोलेको कुरा कम्पनीका एक जना डाईरेक्टर मोहन गुरुङले बताए । सो कम्पनीको तेर्सो वार्षिक उत्सव मनाउने क्रममा उनले भने,“अहिले कम्पनीले आशपÞmोर्ड, फोल्कस्टोन, मेड्स्टोन, लण्डन र अल्डर्शटसम्मको ग्राहकहरुलाई सेवा दिईदै आईरहेको छ । ग्राहकको मागलाइ पुरा गर्न केहिँ ठुला बक्सहरु थपेको पनी उनले बताए । कम्पनी प्रगतिशिल मोडमा भएकाले यस कारण चोरी हुने समस्यालाई ढिलो चाडो हल गर्ने आशावादी छौ । उनले भने, ।
त्यस्तै ग्लोबल बुलियन एण्ड भल्ट लिमिटेड युकेले तेस्रो बर्ष पुरा गरी चौँथो बर्षमा प्रवेश गरेको छ । त्यस उपलक्ष्यमा गएको अप्रिल ६ तारिखमा तेस्रो वार्षिक उत्सव मनाएको थियो । स्थानीय समाजसेवी, ब्यापारी र डिग्निटरीहरुको साथमा भब्य रुपमा उत्सव मनाईएको थियो।
आशफोर्ड, केन्ट अवस्थित आफ्नै कार्यालयमा मनाइएको उत्सव आयोजक कम्पनीका प्रबन्ध निर्देशक जनक राई र आश्पÞmोर्डबासी नेपालीहरुको प्रतिनिधित्व गर्दै सगरमाथा गोर्खा नपालीज कमिटिका अध्यक्ष डम्मर सिंगकले केक काटेर मनाईएको थियो ।
अन्य अतिथिहरुमा सगरमाथा नेपालिज महिला कमिटीका अध्यक्ष उमा गुरुङ, महिला सचिव कल्पना राई, गुरुङ सोसाईटी केन्टका अदक्ष्य डोल गुरुङ, किराँत राई यायोख्खा, आशफोर्डका अध्यक्ष बसुन्धरा राई, सचिब दिल्ली राई, अन्य कम्पनीका पाट्नर तथा मेडियाहरुको उपस्थिति रहेको थियो ।
केक काटिसकेपछि शुभकामना आदान–प्रदान गर्ने क्रममा कम्पनीको तर्फबाट एम. डी. जनक राईले उपस्थित सबै पाहुना र टिमलाइ धन्यवाद दिदै आफूहरुले सर्वोत्कृष्ट सेवा प्रदान गर्ने र कम्युनिटीले पनि सेवाको फाइदा लिन आग्रह गरेका थिए ।
यसैक्रममा सगरमाथा गोर्खा नेपालिज कम्युनिटीका अध्यक्ष सिंगकले ग्लोबल बुलियन कम्पनीका सबै टिमलाई बधाई तथा शुभकामना सँगै आउने दिनहरुमा सहयोग र सहकार्य गर्दे जाने पतिवद्धता जनाए ।
बैंक लकरको सेवा लिन चाहानु हुन्छ वा केहि जिज्ञासा भने तलको वेबसाइटमा जानुसक्नुहुन्छ।
Global Bullion Vault
Ashford, Kent
Tel: 01233-340623
www.globalbullionvault.com
info@globalbullionvault.co.uk






