एनआरएनए युएई बिधिवत रुपमा दर्ता

युएई – गैर आवासीय नेपाली संघ (एनआरएनए) संयुक्त अरब इमिरेटस (युएई) मा बिधिवत रुपमा दर्ता भएको छ । करिव २ वर्षको अथक प्रयास पछि बिधिवत रुपमा एनआरएनए युएईमा दर्ता भएको अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । ‘युएईको सबै कानूनी प्रक्रिया पुरा गरि दर्ता भएको हो । दर्ता प्रकृयामा धेरै लामो समय दुःख भए पनि प्रतिफल राम्रो आएको र यो ऐतिहासिक दिन हो’, अध्यक्ष श्रेष्ठले प्रतिक्रिया दिए ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईको संस्थापकहरुमा अध्यक्ष रमेश श्रेष्ठ, डाईरेक्टर निर्मल कुमार पोखरेल, डाईरेक्टर राजु के.सी., डाईरेक्टर कृष्ण प्रसाद पोखरेल, डाईरेक्टर नबिन पौडेल, डाईरेक्टर ओमर मतर बखित खलफान अल फलास, डाईरेक्टर अमल मोहम्मद अल अहमद बिन कल, डाईरेक्टर टक्कर बहादुर कार्की, डाईरेक्टर कल्पना राई र डाईरेक्टर नेत्र प्रसाद शर्मा रहेको जानकारी अध्यक्ष श्रेष्ठले जानकारी दिए । जसमा ८ जना नेपाली र २ जना यूएईकै नागरिक रहेको पनि श्रेष्ठले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *