जनार्दन भन्छन्– मन्त्री पद खोज्दै हिँडेको छैन

काठमाडौं– पूर्व गृहमन्त्री तथा नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संघीयता कार्यान्यनको एजेण्डा बाहेक आफ्नो अन्य पदमा रहन कुनै योजना नरहेको बताएका छन् ।

केही सञ्चारमाध्यमले शर्मा फेरि गृहमन्त्री बन्न लागेको आशयसहितको समाचार प्रकाशित गरेपछि शर्माले आफू पद खोज्दै नहिँडेको र योजना पनि नबनाएको बताएका हुन् ।

उनले समाजिक सञ्चालमार्फत भनेका छन्, ‘संघीयता कार्यान्यनको एजेण्डाप्रति सचेततापूर्वक लागेको कुरा बाहेक अन्य पद खोज्दै नहिँडेको र योजना नबनाएको स्पष्ट गर्दछु।’

उनले चासो चिन्ता भएका व्यक्तिहरुले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्ने सम्बन्धी निकाय वा आफ्नो नाम प्रयोग गरि समाचार प्रकाशित गर्नेहरुलाई सत्यतथ्य बुझेर लेख्न पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *