बेलायतमा बालिका बलात्कार गर्ने गुल्मीका रायमाझीलाई ९ वर्ष जेल सजाँय

लण्डन । बालिका बलात्कारको अभियोगमा बेलायतमा एक जना नेपालीलाई ९ वर्षको जेल सजांय भएको छ । बेलायतको साउथ योर्कशायरस्थित बार्स्नलीमा बस्दै आएका गुल्मीका ४४ वर्षीय दिलबहादुर रायमाझीलाई उक्त सजांय  सुनाइएको हो।

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेलायतको सेफिल्ड क्राउन कोर्टले फेब्रुअरी १ तारिखका दिन उनलाई दोषी ठहर गर्दै जेल सजांय सुनाएको स्थानीय बार्स्नली क्रोनिकलले जनाएको छ । ती बालिकाले आफ्नो विद्यालयकी सुपरिवेक्षकलाई जानकारी दिएपछि उनले प्रहरीलाई सूचित गरेकी थिइन् ।

रायमाझीको स्थायी घर गुल्मी जिल्लाको कुर्घामा रहेको बुझिएको छ । उनी झन्डै डेढ दशक अघि नै बेलायत आएका हुन् । उनका श्रीमती र २ छोरी समेत उनीसंगै बेलायतमै बस्दै आएका थिए ।

सन् २०१२ देखि २०१६ सम्ममा बलात्कार र यौनजन्य हिंसाहरु गरी ५ वटा अपराधमा उनी संलग्न रहेको अभियोग लगाइएको थियो । दोभाषेको साथमा अदालतमा उपस्थित रायमाझीले भने आफुमाथि लगाइएको अभियोगहरुलाई अस्वीकार गरेका थिए ।

रायमाझीलाई ९ वर्षको जेल सजांय भएपछि बेलायतमा बालबालिका संरक्षणको क्षेत्रमा काम गर्ने एक च्यारिटी एनएसपिसिसीले उनको घृणित कार्यको लागि सहि सजांय भएको प्रतिक्रिया दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *