बेलायतमा मगरहरुले मनाए मास्टर मित्र सेनमगरको १२३ औ शुभजन्मोत्सव

लन्डन -बेलायतका मगरहरूले साहित्यकार तथा घर्म प्रचारक मास्टर मित्र सेनमगरको १२३ औ शुभजन्मोत्सव कार्यक्रम मनाएको छ । कार्यक्रममा मगर भनव फान्ब्रो बेलायतका अध्यक्ष नेम थापा ,उपाध्यक्ष अनिता राना, महासचिव लाल पुन, मगर संघ केन्ट शाखाका निवर्तवान अध्यक्ष तथा मास्टर मित्रसेन फ़ाउन्डेशनका आजिवन सदस्य बिजय हितान मगर, फ़ाउन्डेशनका सयोजकका साथै बेलायतका मगर संघ युकेका केन्द्रीय कार्यसमिति साथै सल्लाहकारहरू तथा शाखा अध्यक्षहरुको सहभागितामा जन्मोत्सव मनाइएको हो । साथै आउँदो २० जनवरी २०१९ को दिन ३७ सौ मगर दिवस भब्य रूपमा सफल बनाउने निर्णय भएको छ । कार्यक्रम भब्य सफल बनाउन ३७ औ मगर दिवसको जिम्मा उपाअध्यक्ष अनिता रानालाई दिइएको छ । बैठकले निर्मल पुर्जालाई सम्मान गरिएको छ । साथै शाखा अध्यक्ष, सस्थापक अध्यक्ष थर्क राना, पूर्व अध्यक्ष कुलबहादुर थापा, सल्लाहाकारहरू लेप्टनकर्नेल याम राना, केप्टन बिर थापा, ओम थापा काउचा, श्रीमती गोमा राना मगर, महिला संघ युकेका अध्यक्ष श्रीमती छबीमाया पुन,अन्य बाट बिभिन्न बिषय गहन मा छलफल भएको थियो । त्यस्तै, आउँदो मगर दिवसका साथै आउँदो ६ अप्रिल २०१९ दिन नयाँ कार्य समिती चयनको लागि पुर्व अध्यक्ष कुल थापाको प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरियो । अन्तमा समितिका अध्यक्ष लेप्टन सुसिल राना आफनो प्रस्ताव राख्दै उमेदवार दिने जानकारी गराउनुभयो । बेलायत मगरात सर्घष समिती संयोजक ओम थापा काउचाले संस्थाको गतिविधिको बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा उठेको रकम नेपाल गोरेबहादुर खपाड्गे प्रतिस्थापन अक्षयकोषलाई पुर्ण सहयोग गर्ने प्रस्ताव पारित गरिएको छ । कार्यक्रम अध्यक्ष नेम थापाको सभापत्विमा सम्पन्न भएको थियो । कार्यक्रममा महासचिव लाल पुन मगर र सचिव रूद्र थापा मगर सन्चालन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *