काँग्रेस पार्टी कार्यालयमा नेविसंघको नाराबाजी

काठमाडौं– काँग्रेस पार्टी कार्यालय सानेपामा भ्रातृ संस्था नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल र्यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् ।

नेविसंघको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

काँग्रेस केन्द्रीय समिति बैठकका लागि शीर्ष नेताहरु कार्यालय पुग्नेवित्तिकै विद्यार्थीहरुले नाराबाजी सुरु गरेका थिए । काँग्रेस केन्द्रीय समिति बैठक ११ बजेका लागि बोलाइएपनि पौने १ बजेसम्म सभापति शेरबहादुर देउवा पार्टी कार्यालय नपुग्दा बैठक सुरु हुन ढिला भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *