महन्थ फकाउँदै महतो

काठमाडौँ- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको अन्ततः बैठक बस्ने भएको छ । राजपा नेपाल अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो आएपछिको यो पहिलो बैठक हुनेछ ।

राजेन्द्र महतो संयोजक बनेपछि पार्टीमा आन्तरिक विवाद शुरु भएको थियो । कात्तिक ४ गते बसेको अध्यक्षमण्डलको बैठकले महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतो बहुमतको निर्णयबाट संयोजक बनेका थिए ।

महतो संयोजक बनेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो ।

अध्यक्षमण्डलको बैठक मंसिर १० गते बोलाएको थियो तर त्यसमा महन्थ ठाकुर र राजिकिशोर यादव अनुपस्थित भएपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो ।

सोही बैठक आज १ बजे बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए ।

यद्यपी सो बैठकमा महन्थ ठाकुर उपस्थित हुने कि नहुने अन्योल रहेको छ ।

१ बजे बस्ने बैठकको बारेमा जानकारी दिनका लागि संयोक महतो ठाकुरलाई भेट्न उनको निवास सानो ठिमी गएका छन् । पार्टीभित्र देखिएको आन्तरिक विवादको बारेमा उनी दुवैजानको बीचमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *