लोकमानमाथि मोसो दल्नेविरुद्ध अवहेलना मुद्दा

????????????????????????????????????

काठमाडौँ – अदालत परिसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि हातपात गर्ने र मोसो दल्ने दुई जनाविरुद्ध अदालतको अवहेलना आरोपमा कारबाही चलाउन सर्वोच्च अदालतले प्रशासनलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले दुई जनामाथि सर्वोच्च प्रशासनले उठाएको प्रशासनिक टिप्पणीलाई मुद्दाकै रूपमा पेस गर्न आदेश दिएको सहप्रवक्ता विश्वराज पौडेलले बताए । ‘थुनामा रहेकाहरूलाई अदालतको अवहेलनामा सजाय किन नगर्ने रु’ आदेशको व्यहोरा उद्धृत गर्दै पौडेलले भने, ‘दुवै जनालाई झिकाई बयान गराउनु भन्ने आदेश भएको छ ।’
मोसो दलेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी समर्थित भ्रातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरू प्रकाश शाही र चन्द्रबहादुर बुढालाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो । उनीहरूमाथि सार्वजनिक अपराधको आरोपमा प्रहरीले छुट्टै कारबाही अघि बढाएको छ ।