धुर्मुसलाई बर्दिबासमा भव्य स्वागत

मुसहर बस्ती बनाउन आएका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’लाई महोत्तरीको बर्दिबासमा स्थानीयले भव्य स्वागत गरेका छन् ।  मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सदासहितका स्थानीयवासीले  माला र अबिर लगाएर स्वागत गरे ।

मरनी  बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुसलाई भेटेपछि खुसी भइन् र धुर्मुसलाई आशिर्वाद दिइन् ।