लोकदोहोरी गायक प्रकाश कटुवालको निरन्तर हिट गीत

नेपाली सांगीतिक क्षेत्र पनि बढो अचम्मको छ । कतिपय दशकौ देखि संगीतमा संघर्ष गर्दा र दर्जनौ एल्बम निकाल्दा पनि स्थापित हुन सकिरहेका छैनन् कतिपय छोटो समयमा र केहि सिमित गीत सार्बजनिक गर्दैमा स्थापित भएका छन् । यस्तै मध्येका एक हुन् लोकदोहोरी गायक प्रकाश कटुवाल जो छोटो समयमा नै संगीतमा स्थापित भएका छन् ।pk skयसै वर्षको तिज गीत ‘कनाइदेउन बाइ…’बोलको गित पछी अत्याधिक चर्चामा आएका लोकदोहोरी गायक प्रकाश कटुवालले लोकदोहोरी क्षेत्रमा निरन्तर रुपमा हिट गित दिए । एकै वर्ष सार्बजनिक भएका गितमा सबै गित हिट भएपछी सोच्न बाध्य बनायो प्रकाशको भाग्य बलियो कि संयोग ? तर उनि आफ्नो मेहनतका कारण सबै गीत हिट भएको दाबि गर्छन् ।

तिज गीत छोटो समयमा भाइरल बनेपछि प्रकाशले लोकदोहोरीमा हाइट ह्वात्तै बढाए । हाइट निरन्तर रुपमा कायम राख्नका लागि उनले मेहनतका साथ स्तरीय र दर्शक श्रोताका माग बमोजिमका गीत गाए । जसका कारण अहिले उनि पुराना र स्थापित लोकदोहोरी गायक सरह आफुलाई स्थापित गर्न सफल बनेका छन् ।prakash katuwalरामेछापको बिकट गाबिस कुम्बुकास्थली देखि लोकदोहोरीमा भविस्य खोज्दै काठमाण्डौ आइपुगेका गायक कटुवालले सांगीतिक क्षेत्रमा मारेको फड्को कारण आफै दंग छन् । २०५९ साल देखि संगीत सृजनामा आएका प्रकाशले अहिले सम्म करिब १५० भन्दा बढी गीतमा आवाज भरिसकेका छन् । जसमा केहि सुगम संगीतका गीत पनि छन् । यद्दपी उनि आफुलाई लोकदोहोरी गायककै रुपमा स्थापित गर्न चाहेको बताउछन् ।