हस्तक्षेप गरे उग्ररुप : ठाकुर

राजविराज, १४ चैत्र । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अधिकारका लागि आन्दोलनको विकल्प नरहेको बताएका छन् । आन्दोलन भने शान्तिपूर्ण रहने उनको भनाइ छ । सप्तरीको राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ठाकुरले आन्दोलनमा सरकारले हस्तक्षेप गरे उग्ररुपसमेत लिनसक्ने बताए ।
विगतका सहमति तथा सम्झौताहरुको पालना गरी सहमतिको आधारमा संविधान निर्माण गरिनुपर्ने आवश्वयकतामाथि जोड दिँदै अध्यक्ष ठाकुरले सहमतिमा संविधान बनाउन दबाव दिनका लागि आफूहरुले आन्दोलन गरेको दाबी गरे ।