धादिङ, २ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले एनेकपा (माओवादी)का कारण संविधान निर्माणको प्रक्रिया अहिले अप्ठ्यारोमा परेको बताउनुभएको छ । नेपाल महिला सङ्घ धादिङको आज आयोजित तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता भण्डारीले महिलाहरुले अधिकार मात्रै माग गर्नुहुदैन महिला सशक्तीकरणका लागि काम पनि गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल महिला सङ्घका अध्यक्ष डा डीना सङ्ग्रौलाले सहरी क्षेत्रका महिला आफ्नो अधिकारप्रति सजग रहेपनि ग्रामीण क्षेत्रका महिलालाई जागरुक बनाउन आवश्यक रहेको बताउँदै जनसङ्ख्याको आधारमा राजनीति तथा नीति निर्माणलगायत तहमा महिलाको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।
संविधान निर्माण अप्ठ्यारोमाः भण्डारी






