मन्त्रिमण्डल थपघटबाट निर्वाचन प्रभावित नहोस्ः निर्वाचन आयोग

काठमाडौँ– निर्वाचन आयोगले आगामी निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन अनुकूल वातावरण सिर्जना गर्न सरकार, राजनीतिक दलहरूलगायत सम्बन्धित सरोकारवाला सबैको पुनः ध्यानाकर्षण गराएको छ ।
आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा सरकार हेरफेर वा मन्त्रिमण्डलका सदस्यहरूको थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगरी नगराई तोकिएको मितिमा निर्वाचन गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको आयोगको बैठकले सो निर्णय गरेको हो ।