गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति फ्रान्सको तेर्हौं साधारण सभा सम्पन्न

प्रकाश सापकोटा ,
फ्रान्स । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति फ्रान्सको तेर्हौं साधारण सभा यहि ७ अक्टुबर २०१८ मा पेरिस नजिकै लाकोर्नव सहरमा सम्पन्न भएको छ ।

फ्रान्स स्थित नेपाली राजदुतावासकी महामहिम राजदुत अम्बिका देवी लुइंटेलज्युको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सभापतित्व एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले गरेका थिए र कार्यक्रमको संचालन महासचिव नरेन्द्र शाहीले गरेका थिए ।

अध्यक्ष एक बहादुर मल्लले सम्पूर्ण फ्रान्सबासी नेपालीलाइ एकजुट भई अगाडी बढ्न आह्वान गरे । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हरिहर अर्याल, प्रमुख संरक्षक मुकुन्द अमात्य, निवर्तमान अध्यक्ष – प्रमुख सल्लाहकार तथा प्रवासि नेपाली एकता मंच फ्रान्सका संयोजक भक्त वाग्ले, भू.पु. अध्यक्ष घनश्याम पौडेलले आ-आफनो मन्तब्य राख्दै सफलताको शुभकामना दिएका थिए । एनआरएन फ्रान्सका आइ सी सी सदस्य सुबर्ण बिक्रम हमालले एन सी सी कामहरु प्रशंसनीय रहेको बताए । कार्यक्रममा उपस्थित मेजों कल्चर फ्रान्सका अध्यक्ष हेमन्त उपाध्याय, एकता समाज फ्रान्सका अध्यक्ष प्रमोद पाण्डे, गोर्खा समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्री, जन सम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले एनआरएनए फ्रान्सले सबै संघसंस्थाहरुलाई समेट्दै र हातेमालो गर्दै अगाडी बढनेछ भन्ने चाहना रहेको बताए ।

साधारण सभामा संस्थाका संस्थापक, संरक्षक, तथा सल्ल्हकारहरूलाई सम्मान तथा मनोनयन पत्र प्रदान गरिएको थियो।  रक्तदान कार्यक्रमका दाताहरु, एन आर एन ए फ्रान्सका खेलाडीहरु र कलाकारहरुलाई प्रमाणपत्र वितरण गरि सम्मान गरिएको थियो।

अध्यक्ष मल्लले आफनो कार्यकालको पहिलो बर्षमा भएको प्रगति विवरण र भविष्यका योजना प्रस्तुत गरेका थिए । संस्थालाइ राजनीतिबाट टाढा राख्दै आर्थिक पारदर्शिता राख्न आफु सधै प्रतिबद्द रहने बताए । संस्थाका कोषाध्यक्ष मिन कुमार श्रेष्ठले आफ्नो कार्यकालको आर्थिक आय व्ययको संछिप्त विवरण पेश गरेका थिए ।

अन्त्यमा अध्यक्ष एक बहादुर मल्लले कार्यक्रममा उपस्तिथ भइ संस्थाको गतिविधिहरुमा चासो र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदैं आगामी दिनहरुमा एनआरएनए अझै सशक्त र प्रभावकारी तरिकाले कामहरु गर्दैजाने र त्यसको लागि सबै फ्रान्सवासी नेपालीहरुको सहयोग र सद्द्भावको अपेछा राखेको बताए ।