काठमाडौं– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकको समृद्धिका लागि सबै समूदायलाई परिचालन गर्न सरकारलाई सुझाव दिएका छन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहनुभएका भट्टराईले सबै समुदायको संयुक्त पहलमा मात्रै मुलुकलाई शान्त र समृद्धि बनाउन सकिने बताएका हुन् ।
बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समृद्धिका लागि उत्पादनमा जोड दिनुपर्ने पनि बताए । पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै त्यसका लागि उत्पादन वृद्धि र सेवा क्षेत्रहरुको विस्तारमा लाग्नुपर्ने खाँचो पनि औल्याए ।
भट्टराईले नेपालले पूर्वाधार विकास, उर्जा क्षेत्रको विकास र कृषिमा आधुनिकीकरण गरेर समृद्धि हासिल गर्न सक्ने तर्क पनि गरे । विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको भनाई छ ।






