लन्डन- बेलायतले तीन जना मिलेर बच्चा जन्माउने कानुन पारित गरेको छ। बेलायतको तल्लो सदन, हाउस अफ लर्ड्सले २ सय ३२ मतका साथ यो कानुन पारित गरेको हो। हाउस अफ कमन्सले यो विधेयक फेब्रुअरी ३ तारिखमै बहुमतका साथ पारित गरेको थियो। यस्तो प्रकृयाबाट पहिलो बच्चा २०१६ मा जन्मिने सम्भावना रहेको बीबीसीले जनाएको छ।
शारीरिक संरचना
शरीरभित्रको एउटा सानो भागलाई माइटोकान्ड्रिया भनिन्छ। जसले खानालाई ऊर्जामा परिणत गर्छ। तर यसभित्र वंशाणुगत कमोजरी भए यसले मुटु र दिमागमा काम गर्ने पर्याप्त ऊर्जा बनाउन सक्दैन। यो संरचनाले भने बच्चाको डीएनए आमासँग मिलाउने काम गर्छ। तर यसले उसको ब्यक्तित्वमा भने कुनै असर गर्दैन।
न्युक्यासलमा विकसित टेक्नोलोजी आइविएफको आधुनिक प्रयोगबाट माइटोकान्ड्रियालाई आमा-बुबाको डीएनए मिलाउने काम गर्छ। यसरी जन्मिने बच्चाको ०.१ प्रतिशत डीएनए दोस्रो महिलाबाट आउने गर्छ। यसरी स्थायीरुपमा हुने परिवर्तन पुस्तौंसम्म जारी रहन्छ।
यस्तो कानुन बनाउने बेलायत पहिलो देश
ह्युमन फर्टिलाइजेशन एन्ड एन्ब्रियोलोजीका प्रमुख शैली चिशायरले यसको उपचार दिने बेलायत पहिलो राष्ट्र भएको बताइन्। ‘बेलायतमा भएको वैज्ञानिक विशेषज्ञताको यो प्रमाण हो। जुन संसदले पारित गर्न लायक सम्झ्यो,’ उनले भनिन्।
इङ्ल्यान्डका क्याथोलिक र अंग्रेजी चर्चले भने यसको विरोध गरेको छ। उसले यो सुरक्षित र नैतिक नभएको बताएको छ।
यो प्रकृयाबाट बेलायतमा प्रत्येक वर्ष १ सय ५० जना बच्चाले जन्म लिने अनुमान गरिएको छ।






