लन्डन । एनआरएनको सहयोगमा युएईमा अलपत्र आठ नेपाली महिला स्वदेश फीर्ता भएका छन् । नेपाली महिलाहरुलाई एनआरएन युएईको पहलमा उद्दार गरी नेपाल पठाइएको हो ।
उद्दार गरिएका आठ जना महिलाहरुमा नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बु र रिता सुनारलाई आवश्यक प्रक्रिया पूरा गरी दलाललाई फिर्ति टिकट बनाउन लगाएर विभिन्न चरणमा नेपाल पठाइएको एनआरएन युएईका उपाध्यक्ष बालकृष्ण मरासिनीले बताए ।






