नर्थवेस्ट लण्डन क्षेत्रका नेपाली दिदीबहिनीले मनाए तीज (भिडियाे सहित )

लण्डन । शुक्रबार सांझ नर्थवेस्ट लण्डन क्षेत्रका नेपाली महिलाहरुले सामुहिक दर र नाचगानहित तीज मनाएका छन् ।
यति नेपाली एशोसिएसकी अध्यक्ष पिपला देवानको आयोजनामा दिउंसोदेखि नै भेला भएका दिदीबहिनीहरु मध्यरातसम्मै नाचगान गरे ।f1
सो अवसरमा सहभागीहरुबीच नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो जसमा १५ जनाले भाग लिएका थिए । उत्कृष्ट नाचका लागि पहिलो पुरस्कार देविका रायमाझीले पाइन भने सम्झना थापा र बिना गुरुंगले क्रमश दोस्रो र तेस्रो पुरस्कार पाए ।
त्यस्तै उत्कृष्ट इन्टरटेनरका रुपमा भक्तिमाया राईलाई एक विशेष पुरस्कार दिइयो ।
प्रतियोगितका प्रतिस्पर्धीहरुको प्रस्तुतिको मुल्यांकन गर्ने निर्णायकमा लण्डन नेपाल न्यूजका निर्देशक इञ्जिनियर आरके त्रिपाठी, रमेश क्षेत्री लगायत थिए । यति एशोसिएसनका पूर्व अध्यक्ष उमेशराज मोक्तानले विजेताहरुको घोषणा गरिदिएका थिए ।
कार्यक्रममा उपस्थित सम्पुर्ण दिदीबहिनीलाई यति अध्यक्ष देवानले तीजको शुभकामना दिदैं विशेष उपहार बांडेकी थिइन ।
त्यसअवसरमा एनआरएन यूके उपाध्यक्ष हिराधन राई, यतिका सल्लाहकार दौलत राई, पत्रकारहरु नविन पोखरेल र शिव भण्डारी, बुटवलस्थित होराइजन कलेजका भाइस प्रिन्सिपल बासुदेव अर्याल, कोशेली समुहका विरेन्द्र कुंवर लगायतका यहांस्थित नेपाली समुदायका केहि अगुवाहरु समेत उपस्थित थिए ।pip1
कार्यक्रमको संयोजन एलिजा देवानले गरेकी थिइन ।